२०८२ असार २३ गते मङ्गलवार

लुम्बिनी प्रदेश सभा बैठक १० दिनपछि बस्दै

दाङ, असार १७ । लुम्बिनी प्रदेशसभाको १० दिन पछि आज बस्दैछ ।

बजेटको बिषयमा किचलो उत्पन्न हुँदा बैठक स्थगित भएको थियो ।

प्रदेशसभा सचिवालय सूचना जारी गर्दै मंगलबार दिउसो ३ बजेका लागि छैठौं अधिवेशनको चौधौं बैठक आह्वान गरिएको जानकारी दिएको छ ।


आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले वक्तव्य सहित आगामी आर्थिक बर्ष २०८२ / ०८३ को राजस्व र व्ययको अनुमानित बजेटको सैद्धान्तिक छलफलका लागि सभामा पेश गर्ने छन् ।


त्यसपछि त्यस माथि छलफल शुरु हुने छ । छलफलमा उठेका प्रश्नहरुको जवाफ मन्त्री कार्कीले दिने छन् ।
आजै कार्कीले आगामी आर्थिक बर्ष २०८२ / ०८३ को विनियोजन विधेयक सभामा पेश गर्ने छन् । त्यसपछि त्यसमाथि पनि छलफल प्रारम्भ हुने छ ।

आगामी बर्षको बजेट प्रस्तुत भइ सकेपछि असार ७ गते बस्ने भनिएको बजेटको बिषयलाई लिएर उत्पन्न आन्तरिक किचलोका कारण बस्न सकिरहेको थिएन ।

सत्तासिन दलहरुकै सांसदहरुले बजेटको बिरोध गरेपछि त्यो किचलो मिलाउन मुख्यमन्त्री चेतनारायण आचार्यले नै समय माग गरेको हुँदा बैठक १० दिन स्थगन भएको हो ।

प्रकाशित मिति : २०८२ असार १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *