२०८२ असार २३ गते मङ्गलवार

रुपन्देहीमा कात्तिक १७ गते उपनिर्वाचन हुने

दाङ, असार १६ । रूपन्देहीको निर्वाचन क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते उपचुनाव गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ।


राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको गत चैत्र १९ गते निधन भएपछि रूपन्देही ३ रिक्त भएको थियो। त्यही भएर त्यहाँ उपनिर्वाचन हुन थालेको हो ।

गत निर्वाचनमा नेपाली काँग्रेसका गृहमन्त्री बालकृष्ण खाँण बाहल छँदा बोहोरासंग पराजित भएका थिए । रोगका कारण बोल्न वा भाषण गर्न नसकेपनि बोहराले राँणलाई पराजित गरेका थिए ।

रूपन्देही–३ मा सिद्धार्थ नगरपालिकाका १३ वटा वडा, बुटवल उपमहानगरपालिकाका ६ वडा, सियारी गाउँपालिकाका ६ वडा, तिलोत्तमा नगरपालिकाका ४ वडा पर्छन ।

निर्वाचन आयोगका पदाधिकारीहरूले असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर रूपन्देही–३ को प्रतिनिधि सभा र मनाङ (२) को प्रदेश सभाको निर्वाचन कात्तिकको दोस्रो साता गर्नेबारे सल्लाह गरेका थिए । तर, मनाङको प्रदेश सभा निर्वाचनको भने अझै टुँगो लागि सकेको छैन ।


मनाङ (२) बाट निर्वाचित राजिव गुरूङ (दीपक मनाङे) को पद अदालतले रिक्त गरिदिए पछि त्यो क्षेत्रमा पनि निर्वाचिन हुनु पर्ने छ ।

तर, हालसम्म अदालतले त्यसबारे आधिकारिक रुपमा पत्राचार नगरी सकेका कारण निर्वाचन कहिले हुने भन्ने अन्यौल छाएको स्रोतले बताउँछ ।

प्रकाशित मिति : २०८२ असार १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *