२०८२ असार २३ गते मङ्गलवार

ज्ञान ज्योति यो बर्षपनि मावि तर्फ मुलुकै ‘उत्कृष्ट सात’मा पर्न सफल

तुलसीपुर, असार १४ । तुलसीपुरको ज्ञान ज्योति माध्यमिक विद्यालय यो बर्ष पनि मुलुककै उत्कृष्ट सातमा पर्न सफल छ । गत वर्ष २०८१ म पनि ज्ञान ज्योति मावि मुलुककै उत्कष्ट सातमा पर्न सफल भएको थियो ।

एजुकेशन समाचारले आफ्नो रिपोर्टमा ज्ञान ज्योतिलाई २०८२ सालको मुलुक भरकै उत्कृष्ट सात माविका सूचिमा परेको उल्लेख गरेको छ ।

एजुकेशनले मुलुक भरका चार हजार सात सय ४१ मविका शैक्षिक उपलब्धि, भौतिक पुर्वाधार, अतिरिक्त क्रियाकलाप, स्थापना वर्ष र अभिभावकको रोजाइ लगायतका विषयलाई आधार बनाएर उत्कृष्ट बिद्यालय छनोट गर्ने गर्छ ।

कक्षा ११ र १२ पढाउने अनुमति पाएको वर्ष र ज्ञान ज्योतिलाई बोर्डबाट प्रदान गरिएको उत्कृष्ट माविको पुरस्कार लगाएतका आधारमा पनि यो विद्यालय मुलुककै उत्कृष्ट सात बिद्यालयमा पर्न सफल भएको हो ।


ज्ञान ज्योतिले कक्षा १२ मा लगातार पछिल्ला दुई वर्षमा ४ सय ८० विद्यार्थी परीक्षामा सहभागी गराउनुका साथै नतिजा पनि राम्रो निकाल्दै आएको छ ।

परीक्षाको परिनामलाई ८० प्रतिशत तथा अन्य सबै मापदण्डलाई ४ / ४ प्रतिशत अंक निर्धारण गरि उत्कृष्ट माविको छनोट गर्ने गरिन्छ ।

एजुकेशन समाचारले उल्लेखित सबै कुराहरुमा दिइने अंकको योगफल जोडेर उत्कृष्ट माविको सूची निर्धारण गर्ने गर्छ । पछिल्लो केही समय यता यो बिद्यालयले शैक्षिक उपलब्धिका साथै विभिन्न खेलकुदट प्रतियोयिगाहरुमा पदहरु जित्दै आएको छ ।

नगर, जिल्ला र क्षेत्रस्तरीय खेलकुुद प्रतियोगिता जितेको उल्लास छ । पढ्ने तीब्र चाहाना भएका तथा जेहेन्दार बिद्यार्थीलाई बिद्यालयले पूर्ण छात्र बृत्ती प्रदान गरि हौसला प्रदान गर्दै आएको छ । यो अल्पसंख्य, दलित र गरिब बिद्यार्थीलाई जिल्लामै सबै भन्दा धेरै छात्र बृत्ती प्रदान गर्दै आएको बिद्यालयपनि हो ।


यो बिद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा संकायमा पढाइ सञ्चालन गर्दै आएको छ । स्नातक तह मा बिबीएस, बिबीए, बिएसी, सिएस आईटी, बिए, बिसीए, एलएलबी र स्नातकोत्तर तहमा एमबीएको पठनपाठन हुँदै आएको छ ।

बिक्रम संबत २०६५ सालमा स्थापना भएको यो बिद्यालयले स्थापनाको दोस्रो वर्ष २०६७ सालमै शिक्षा मन्त्रालय बाट उत्कृष्ट माविको पुरस्कार थापेको बिद्यालय हो ।

यो बिद्यालयले २०६९, २०७०, २०७१, २०७२, २०७३, २०७४ र २०७५ मा नतिजाका आधारमा उत्कृष्ट विद्यालयको पुरस्कार प्राप्त गरि सकेको छ । यो बिद्यालय २०७९ सालमा मुलुककै उत्कृष्ट १५ माविमा छनोट भएको यो बिद्यालय उत्कृष्ट १० औँ हुदै बिगत दुई बर्ष यता उत्कृष्ट ७औं विद्यालयमा छनोट हुन सफल भएको छ ।

ज्ञान ज्योति फाउन्डेसनका प्रमुख सुरेन्द्र जिसीले सफलताको प्रमुख आधार कुशल नेतृत्व, सबल व्यवस्थापन, दक्ष शिक्षकको साथ र लगनशिल विद्यार्थीका कारण संभव भएको बताउँछन् ।


विद्यार्थीमा पठन संस्कृतिबारे अभिरुची जगाउँदै उनीहरुमा अन्तरनिहित क्षमता प्रष्फुटन गराउन सक्नु विद्यालयको उपलब्धि मान्नु पर्ने प्रमुख जिसीले बताए ।

भविश्यमा पनि हरेक विद्यार्थीलाई मुलुको असल नागरिक र आत्मनिर्भर नागरिक बनाउन टिमका सबै साथीहरुका बीचमा हातेमालो गर्दै अगाडि बढ्ने जिसीले प्रण गरे ।


उद्यमशिलताको बिकास तर्फ लाग्न प्रेरित गरि मुलुक भित्रै स्वरोजगारी सृजना गर्ने जनशक्ति उत्पादनका लागि शैधान्तिकका साथै ब्यबहारिक र सीप मुलुक शिक्षा आँफुहरुको उदेश्य रहेको प्रमुख जिसीले बताए ।

प्रकाशित मिति : २०८२ असार १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *