तुलसीपुर , असार १३ । जनता समाजबादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिएको छ।
पार्टीका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले शुक्रबार समर्थन फिर्ता लिएको बेहोरासहितको पत्र मुख्यमन्त्री मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएका हुन । आचार्य नेकपा एमालेका नेता हुन ।
काफ्लेले बुझाएको पत्रमा सरकारलाई दिएको समर्थन फिर्तासहितको पत्र बुझाएपनि मुख्यमन्त्रीले उनीहरु संग छलफल गरि रहेको सचिवालयले जानकारी दिएको छ ।
साथै उनले पत्र मार्फत अबदेखि प्रेदशसभाको बैठकमा बिपक्षीको बैठकमा आशन ब्यबस्थापनको लागि आग्रहपनि गरेका छन् ।
उपेन्द्र यादव नेतृत्वको जसपाले केन्द्रमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने यसअघि नै घोषणा गरि सकेको छ ।
प्रकाशित मिति : २०८२ असार १२ गते शुक्रवार