२०८२ असार २४ गते बुधवार

नेपाल तरुण दल दाङमा किचलो

अध्यक्ष टीकाराम घर्तीले मनोमानी गरेको आरोप

तुलसीपुर , असार १२ । नेपाल तरुण दल दाङमा पूर्णकालिन सदस्य वितरणमा मनोमानी भएको भन्दै तरुण नेताहरु नै बिरोधमा उत्रिएका छन् ।


नेपाल तरुण दल क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३ का अध्यक्ष राजकुमार केसी र तरुणका समन्वय विभाग दाङका संयोजक रमेश मल्लले बिहीबार छुट्टा छुट्टै बिज्ञप्ति मार्फत ध्यानाकर्षण भएको जनाएका छन् ।


केसी र मल्ल दुबै जनाको बिज्ञप्तिको आषय तरुण दल दाङका अध्यक्ष टीकाराम घर्तीले बिधान बिपरित एकलौटी ढंगले पूर्णकालिन सदस्य वितरण गरेको भन्ने छ ।

असार ६ गते केन्द्रीय कार्यसमितिको पत्राचार विपरित जिल्ला अध्यक्ष घर्तीले सामाजिक सञ्जाल मार्फत पूर्णकालिन सदस्यता वितरण वन्द भइ सकेको भन्ने खबर सार्वजनिक गरेको कुराले आँफु आश्चर्यमा परेको क्षेत्रीय अध्यक्ष केसीले उल्लेख गरेका छन् ।

केसीले जिल्ला पार्टी सभापति शंकरप्रशाद डाँगी संग पूर्णकालिन सदस्यताको ब्यबस्था मिलाई दिन आग्रहपनि गरेका छन् ।


तरुण समन्वय बिभाग संयेजक मल्लले पनि पूर्णकालिन सदस्यताको सवालमा जिल्ला अध्यक्ष घर्तीले आँफुखुसी केही सदस्यता वितरण गरेको तथा पूवाग्रह राखी केही सदस्यता घरमै राखेर संगठनका जिम्मेवार साथीहरुलाई गुम्राहामा पारेको दोषारोपन गरेका छन् । मल्लले पाटीका सम्बन्धित सभापति र तरुण नेतालाई पनि निश्चित समय भित्र समन्वय गर्न ध्यानाकर्षण गराएका छन् ।


साथै संयोजक मल्लले यदि त्यसो नगरिएको खण्डमा तरुण समन्वय विभाग दाङ वडादेखि जिल्लासम्मका सवै संग समन्वय गरि अगाडि बढ्ने चेतावनीपनि दिएका छन् ।

यस्तै बिबादकै कारण जिल्लाका अन्य सबै पालिकामा गठन भइ सकेको भएपनि जेठ २३ तुलसीपुर उपमहानगरमा तरुण दल गठन हुन सकेको थिएन ।

क्षेत्रीय पार्टी कार्यालयमा तरुण दल तुलसीपुर गठनका लागि जिल्ला अध्यक्ष घर्तीदेखि नेपाली काँग्रेसका नेताहरु पनि भेला भएका थिए । तर, काँग्रेस नगर सभापति सुरेश हमाल लगाएत त्यो पक्षका तरुण नेताहरुले बिरोध जनाएपछि गठन प्रक्रिया रोकिन पुगेको थियो ।


यस्तै गुटगट दाउपेज र आपसी बिरोधका कारण प्रदेश तर्फ जिल्लाका अन्य सबै क्षेत्रमा तरुण दल गठन भइ सकेपनि क्षेत्र नं. ३ अन्तरगतका दुबै प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन अन्तरगत क्षेत्र नं. ३ मा पनि तरुण दल गठन हुन बाँकी छ ।

प्रकाशित मिति : २०८२ असार ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *