२०८२ असार २४ गते बुधवार

एमाले नेता गिरिराज केसी लगाएतले त्यागे पार्टी

तुलसीपुर, जेठ ३० । नेकपा एमाले दाङका एक पुराना नेता गिरिराज केसीसहित दर्जनौं ब्यक्तिहरुले सामुहिक रुपमा पार्टी त्यागेको घोषणा गरेका छन् ।


तुलसीपुर उपमहानगरपालिका – १६ निवासी एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य केसीसहित ८७ जनाले पार्टी त्यागेको भन्दै बिहीबार बक्तब्य जारी गरेका छन् ।

केसी पार्टी भित्र निष्ठाको राजनीति गर्ने एक इमान्दार नेताको रुपमा पहिचान बनाएका ब्यक्ति हुन ।


तर, बिज्ञप्तिमा समावेश गरिएका नामहरु मध्य कतिपयले त्यसको बिरोध जनाएका कुराहरु सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका छन् ।

आँफुहरुलाई थाहाँ नदिएर पार्टी त्यागको बिज्ञप्तिमा फर्जी हस्ताक्षर गरेको कतिपयले आरोप लगाएका छन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *