२०८२ असार ७ गते आइतवार

‘नो प्लाष्टिक जोन’ कार्यान्वयन गर्ने कांग्रेसको घोषणा


काठमाडौं,जेठ २३ । नेपाली कांग्रेसले पार्टीका सबै तहका कार्यालयहरूलाई प्लाष्टिकरहित क्षेत्र (नो प्लाष्टिक जोन) बनाउने भएको छ ।

कांगे्रसले केन्द्रदेखि वडा तहसम्मका पार्टी कार्यालयहरू र भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका कार्यालयहरूलाई ‘नो प्लाष्टिक जोन’ बनाउने भएको हो ।

मातहतका कार्यालयहरूलाई ‘नो प्लाष्टिक जोन’ बनाउन कांग्रेसले सबै निकायलाई परिपत्र नै गरेको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले परिपत्रमार्फत् वातावरणीय प्रदूषण न्यूनीकरण गर्दै लगिने पार्टीको नीतिअनुसार ‘नो प्लाष्टिक जोन’ लाई कार्यान्वयन गर्न भनेका छन् ।

यसअघि सभापति शेरबहादुर देउवाले जेठ १८ गते पार्टीको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले आयोजना गरेको कार्यक्रममा कांग्रेसका सबै कार्यसमितिका कार्यालयदेखि भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका कार्यालयहरूलाई ‘नो प्लाष्टिक जोन’ बनाउने पार्टीको नीति रहेको बताएका थिए ।

प्रकाशित मिति : २०८२ जेष्ठ २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *