दाङ, जेठ १३ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले आँफुहरुले उत्पादन गरेको आलु बिनोद चौधरीलाई बेचेको बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले सोमबार बेलुकी आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव बिप्लवले नेपालकै धनी उद्योगी बिनोद चौधरीलाई आँफुहरुले उत्पादन गरेर सोचे भन्दा धेरै आलु दिए पछि चौधरी चकित परेको बताए ।
‘ आलु त हामीले बिनोद चौधरीलाई नै दियौं र अस्ति उहाँ संग काठमाडौंमा भेटपनि भएको थियो,’ बिप्लवले भने ‘ उहाँले त्यो भेटमा मेरो लागि त त्यो एउटा मिरेकल्स जस्तै हो भन्नु भएको थियो ।’
चौधरीलाई कम्युनिष्टले गफ लगाउँछन् र काम गर्दैनन् भन्ने लागेको हुन सक्ने भएपनि आँफुहरुले उत्पादन र उद्यमशिलतामा जोडिएर सोचे भन्दा धेरै आलु उत्पादन गरि दिएपछि उनी छक्क परेको बिप्लवको आशय थियो ।
‘उहाँलाई लागेको हुँदो हो यिनीहरु बढीमा बिस– तिस हजार किलो आलु उत्पादन गर्ने भन्ने रहेछ ,’ उनले भने ‘ तर हामीले भनेकै टार्गेटमा भनेको भन्दा बढी उहाँलाई उपलब्ध गराएका थियौं , लगभग दुई लाख किलो आलु हामीले उहाँलाई उपलब्ध गरायौं ।’
चौधरीले हालसम्म आँफुलाई आलु सप्लाइ गर्ने सबै भन्दा ठूलो इकाइ नेकपा रहेको कुरापनि आँफु संग गरेको बिप्लवले बताएका थिए । पछिल्लो समय आँफुले कैलालीका आलु किसान संगपनि उत्पादन संग जोडिन र उद्यमशिलताको बिकास लागि अन्तरक्रिया गरेपछि उनीहरु उत्साहित भएको उनले दाबी गरे ।
पूजी निर्माणका लागि आफ्नो पार्टीले काठमाडौंसहित नेपालका बिभिन्न तीन ठाउँमा साना उद्योगहरुको सुरुवात गरेको र ती सबै नाफामा चलिरहेको बिप्लवले बताए । कतिपयले बिप्वलको पार्टीलाई उत्पादन दिनु हुन्न र उनीहरुलाई खाइदिन्छ भन्ने जस्ता रुडीबादी सोचहरु पाल्ने गरेको भन्दै गुनासो गरे ।
पहाडमा माथि भेडा पाल्न भेडा फर्म खोलेको भन्दै उनले ती भेडा पाल्ने किसानलाई माओबादीकै मान्छेहरुले बिप्वलको पार्टीले ठग्छ भनेर रुने नै बनाएको उनले बताए ।
‘ भेडा पाल्ने किसानलाई रुने नै बनाएका छन् के, त्यो पनि माओबादी समर्थकहरु नै गएर । नेकपालाई दिनुहुन्न उनीहरु ठगी हाल्छन् अब तेरो भेडापनि गयो पैंशापनि गयो भने छ्न ,’ बिप्लवे भने ‘ म ठिक्क त्यहाँ पुगे र हामीले एकै पटक सबै पैंशा दिन सक्दैनौं खण्ड खण्डमा दिन्छौं भनेपछि उहाँले विश्वास गर्नु भयो र पार्टीको भेडा सबै एक्लै हेरिहाल्छु भन्नु भएको थियो ।’
महासचिव विप्लबले मान्छेहरुका बिश्वास दिलाउन जरुरी रहेको भन्दै बिदेशमा गर्न सकिने र नेपाल भित्र गर्न नसक्ने भन्ने कुरा नहुनु बरु दृष्टिकोण नै खराब रहेको जोड दिए ।
राज्य संग सुस्पष्ट आर्थिक दृष्टिकोण नभएको भन्दै उनले जहिलै झगडा, लफडा, भ्रष्टचार, कमिसन, मारामारमा देश गुर्जी रहेको बताए ।
‘ तपाँइले संसदमा एक दिनपनि नेपालको अर्थतन्त्रको बारेमा राम्रो बहस छ, तपाँइले सुन्नु भएको ’ उनले भने ‘ कुर्सी फालाफाल झगडा लफडा के के – एउटा कानुनपनि बनाउँदैनन् बरु अध्यादेशवाट देश चलाउनु पर्ने बिडम्बना हामीले भोग्दै आएका छौं ।’
नेपालले एउटा आर्थिक मार्ग पकड्न नसक्नुका पछाडि स्पष्ट आर्थिक दृष्टिकोण नहुनुकै परिनाम भएको र त्यसले जनता अलममा परेको बताएका थिए ।
युवा पुस्तापनि बिदेशमा गइ जेपनि गर्न तयार हुने र तयार नेपालमा दुःख गरौं भन्ने सोच नभएको हुँदा युवामा त्यस्तो चेतनाको खाँचो औंल्याए । ‘दश बिस बर्ष दुःख नगरी देश कसरी बन्छ,’ उनले भने ‘ को देश आएर हाम्रो देश माथि बनाइदिन्छ कसैले बनाउने होइन यो त हामीले नै बनाउने हो नि ।’
उनले नेताहरुले आफ्ना छोरा छोरी जति जम्मै बिदेश नै पठाएको र बेचेर खाएकोमा दुःख ब्यक्त गरे ।
‘ सबै भन्दा ठूलो गल्ती त हामी माओबादीले गर्यौं नि,’ उनले भने ‘ चौसठ्ठी पछि हामीले जो अवशर पाएको हो हामी त बास्तवमा ठूलो घाटामा हामी गएको हो जनताले ठूलो आशा गरेको थियो काम गर्न सकेनौं ।’
अहिले सबै भन्दा बढी माओबादीको छोरा छोरी नै बिदेशमा रहेको भन्दै त्यसले देश बिकास नहुने बताए । बिदेश जानै हुन्न भन्ने सोच आफ्नो नभएको भन्दै निश्चित समयका लागि केही सिक्न, पढ्नका लागि मात्रै बिदेश जानु पर्ने भएपनि नेताहरुले बिदेश गएका छोरा छोरालाई नेपाल फर्काउन ध्यान नदिएको भन्दै आलोचना गरे ।
नेपालको अर्थतन्त्र बिकासका लागि युवा पुस्ताले बाटो नै नपाएको भन्दै युवामा आशा जगाउन जरुरी रहेको उनले बताएका थिए ।
नेपालमा कपाल काट्ने, प्लाष्टिक जन्य फोहर संकलन गर्नेहरु आजपनि अधिकाँस इन्डियनहरु रहेको हुँदा त्यो काम नेपाली युवाहरु आँफैले गर्न सक्नु पर्ने उनले बताए । काम युवाले लाज मान्न नहुने भन्दै उनले जस्ले लाज मान्छ त्यो टाट पल्टनु पर्ने र दास बन्न तयार हुनु पर्ने उनले बताएका थिए ।
‘ काम गर्न लाज मान्नेहरु टाट पल्टन तयार हुनु पर्छ भिख मगुवा हुनु पर्छ उस्लाई कस्ले माया गर्छ,’ उनले भने ‘ बिदेशमा गइ अरुको पाउ मल्नपनि तयार हुने आफ्नो खेतबारी बाँझो अनि उत्पादनमा सहभागी नहुने हो भने त्यस्ता दास बन्न तयार हुनुपर्छ ।’
कपिलबस्तु लगाएतका ठाउँमा दुई वटा उद्योगहरु खोलेर स्थानीयलाई जोडेको र त्यसबाट सोचे भन्दा छिटो पूँजी बिकास गर्न सफल भएको बिप्लवले बताएका थिए ।
पछिल्लो पटक पार्टीले सुरु गरेको एकीकृत स्वामित्व अर्थात आत्मनिर्भर अर्थतन्त्रको निर्माण बिगतको आँफुहरुले गरेको चन्दाको पीडापनि रहेको उनले स्वीकार गरे ।
‘ आत्मनिर्भर अर्थतन्त्रको निर्माण यो हाम्रो चन्दाको पीडापनि हो । चन्दा माग्दा माग्दा गएपछि ज्ञान फुटेको जस्तो पनि हो । यो यति लाछी काम यति गय गुर्जेको देखिन थाल्यो हेर्नुस –यो के गरायो त भन्नु हुन्छ भने मान्छेले हेप्न थाले – काम नभएको मान्छेहरु भन्या छ , चन्दा उठाइ खाने मान्छे भन्या छ हेर्नुस । यो सबै तिर त्यस्तै भयो । माथिकाले भ्रष्टचार गर्ने हामीले चन्दा उठाउने भए जनाता खत्तम हुने भयो । सरकारमा बस्याले हाम्रो कर खाइ दिने र हामी बाहिर बस्याले चन्दा खाइदिन थालेपछि जनता कहाँ जाने,‘ बिप्वले भने ‘ हामी मान्छे हो भने हामीले किन गर्न नसक्ने भन्ने सोच आयो । एउटा भारतबाट आएको बिनोद चौधरी नेपालमै बसेर खबरपति हुन सक्छन र विश्वलाई च्यालेन्ज दिन सक्छन् भने हामी यही धर्तीमा जन्मेका मान्छेले बाँच्न सम्मत गर्न सक्छौं होला नी अरु त पछि हो खान सम्म त गर्न सक्छौं होला नी भन्ने हाम्रो आफ्नो ज्ञान पनि हो ।’
तीन बर्षको टार्गेटका साथ आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा लागेको भएपनि डेढ बर्षमै आँफुहरु आत्मनिर्भर बन्न सफल भएको उनले दाबी गरे ।