२०८२ असार ७ गते आइतवार

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

दाङ,जेठ ११ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्ष २०८२–०८३ को प्रदेश विनियोजन विधेयक– २०८२ का सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसअघि सरकारले पेश गरेको नीति तथा कार्यक्रम शनिबार बसेको प्रदेशसभा बैठकले पास गरेको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *