२०८२ असार ७ गते आइतवार

सत्ता गठबन्धनले ८४ को चुनाबसम्म निरन्तरता पाउँछ – शंकर पोखरेल

घोराही, जेठ ७ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धनले ८४ को चुनावसम्म निरन्तरता पाउने बताएका छन् ।

प्रेस चौतारी दाङ शाखाले बुधबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकार ढल्ने भनेर चलाइने हल्ला निराधार भएको बताए ।


सत्ता साझेदार दलबीच असमझदारी नहुँदासम्म सरकार नढल्ने भन्दै उनले साना दलले ठुला दलमाथि शासन गर्ने परिपाटिको अन्त्य गर्न एमाले र काँग्रेस मिलेर सरकार संचालन गरेको बताए ।


‘दुइ दलबीच असमझदारी हुँदासम्म सरकार ढल्दैन,’ उनले भने ‘ असमझदारी छैन भने कसैले सरकार ढल्छ भन्नै पर्दैन ।’
सत्ता गठबन्धन चुनावी परिणामको उपज भएको भन्दै महासचिव पोखरेलले गठबन्धन सरकार कुनै एकदलको नीतिमा नभइ सामूहिक नीतिका आधारमा चलाइने बताएका थिए ।

प्रकाशित मिति : २०८२ जेष्ठ ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *