तुलसीपुर, बैशाख ६ । तुलसीपुरमा पहिलो पटक नेपाल लोकतान्त्रिक खेलकुद संघ गठन भएको छ ।
तुलसीपुरस्थित नेपाली काँग्रेसको क्षेत्रीय पार्टी कार्यालयमा भिमसेन लहरेको अध्यक्षता र नेपाली काँग्रेस तुलसीपुर उपमहानगरका सभापति सुरेश हमालको प्रमुख आथित्यतामा मंगलबार भएको प्रथम नगर अधिवेशनले धनराज रोकालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
रोका नेतृत्वको नगर कार्यसमितिमा उपाध्यक्ष सुमन ठाडा मगर, सचिव प्रकाश थापा, सहसचिव सुरेश सोमै मगर, कोषाध्यक्ष पबित्रा खनाल चयन भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा शिवम गुप्ता, लक्ष्मण बस्नेत, प्रबेश राना, अनिस रोका र सुजन ठाडा मगर रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि काँग्रेस तुलसीपुर उपमहानगरका सभापति सुरेश हमालले खेललाई माया गर्ने हरेक युवालाई जोड्ने संस्थाको रुपमा लोकतान्त्रिक खेलकुद संघ सफल हुनुे विश्वास ब्यक्त गरे ।
जुनकुनै खेलमा भएपनि युवाको रुची हुने हुँदा त्यस्ता खेलप्रेमी युवालाई खेलकुदमा जोडेर नेपाली काँग्रेस युवाको पार्टी बनाउन आवश्यक रहेको उनले बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लोकतान्त्रिक खेलकुद संघ कर्णाली प्रदेश सञ्चालक समितिका सदस्य दोर्ण चन्दले संघ गठन भएपछि हरेक पालिका, क्षेत्र र जिल्लामा खेलकुदलाई माया गर्ने युवाहरु संगठित भइ खेलको प्रबद्धनमा लाग्ने विश्वास ब्यक्त गरे ।
दाङ जिल्ला खेलकुद बिकास समितिका पूर्व जिल्ला कार्यसमिति सदस्य अनिल रिजालको स्वागत मनतब्य बाट सुरु भएको कार्यक्रमको सुहजीकरण अर्का जिल्ला खेलकुद बिकास समितिका पूर्व सदस्य सञ्तोष लामिछानेले गरेका थिए ।
तुलसीपुरमा पहिलो पटक गठन भए संगै अब हरेक पालिका , क्षेत्र र जिल्लामा नेपाल लोकतान्त्रिक खेलकुद संघ गठनको प्रक्रिया अगाडि बढेको नेपाली काँग्रेसका युवा नेता महाधिवेशन प्रतिनिधि ऋषिराज लहरे अरुणले बताए ।