२०८२ मङ्सिर २२ गते सोमवार

नेकपा प्रवेश गरे सांसद दीपक मनाङ्गे

 

काठमाडौं, असार १९ । सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा प्रवेश गरेका छन् । सांसद राजीव गण्डकी प्रदेशका सभा सदस्य हुन् । सांसद गुरुङ मनाङ ‘ख’ बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए ।

बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका प्रदेश इन्चार्ज समेत रहेका पृथ्वीसुब्बा गुरुङले टीका लगाइदिएर पार्टीमा स्वागत गरे ।

फौजदारी मुद्दामा उच्चअदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन् । उनलाई सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोेलिदिपछि मनाङेले प्रदेश सांसदको रुपमा १६ महिनापछि २०७५ माघ १४ गते सपथ लिएका थिए ।

 

प्रकाशित मिति : २०७६ असार १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *