२०८२ असार ७ गते आइतवार

माओबादीलाई समाजबाद बाट फर्किने छुट छैन – खनाल

घोराही, जेठ १ । मुलुकको परिवर्तन र संविधानको रक्षाका लागि एमाले बाहेकका कम्युनिष्ट साना दलहरुको एकता सम्भव रहेको नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेशका ईन्चार्ज चक्रपाणी खनालले बताएका छन् ।

वाईसिएल नेपाल लुम्विनी प्रदेशको दोस्रो सम्मेलनको उद्घाटन गर्दै नेता खनालले त्यस्तो बताएका हुन ।

नेता खनालले मुलुकको परिवर्तनकारी शक्तिहरुको टुटफुटले जनयुद्ध र जनआन्दोलनले प्राप्त गरेको उपलब्धी खतरामा रहेकाले साना कम्युनिष्ट घटकहरुको एकता आवश्यक रहेको बताएका थिए ।

साना दलहरु एक ठाउँमा उभिएर समाजवादको यात्रालाई गन्तव्यसम्म पुुर्‍याउने साझा संकल्प गर्ने सयम आएको बताए ।

नेता खनाले मुलुक परिवर्तनको नेतृत्व गरेको माओवादीले अहिले टुुटफुटको चपेटामा रहँदा पनि मुलुकमा सुशासन कायम गर्न संभव नभएको बताए ।

२०८४ माओवादी जित पक्का बनाउन पनि नेता कार्यकर्ता सामाजिक सेवा सद्भाव सहितको राजनीतिक विचार र एजेण्टा लिएर गाउँ फर्किन निर्देशन दिए ।

माओबादीलाई समाजवादको यात्रावाट पछि फर्किने छुट नरहेको भन्दै जनताले माओवादी रोज्नुुपर्छ भन्ने मानसिकता पैदा भएको दाबी गरे ।

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *