२०७७ फाल्गुन २० गते बिहिवार

विराटनगर उच्च अदालतका न्यायाधीश बर्खास्त


काठमान्डौं, असार १७ । न्यायपरिषदले विराटनगर उच्च अदालतका न्यायाधीश उमेशकुमार सिंहलाई बर्खास्त गरेको छ। ३३ किलो तस्करीको सुन र सनम शाक्य हत्या प्रकरणका अभियुक्तको निवेदनमाथि सुनुवाइका क्रममा पदीय आचरण अनुसारको कर्तव्य निर्वाह नगरेको भन्दै बर्खास्त गर्ने निर्णय भएको परिषदका प्रवक्ता मानबहादुर कार्कीले बताए ।

परिषदले ६ महिना लगाएर गरेको अनुसन्धानपछि कारबाहीको निर्णय गरेको कार्कीले बताए।

यही मुद्दामा सुनवाइ गरेका विराटनगर उच्च अदालतकै न्यायाधीश साधुराम सापकोटा र थीरबहादुर कार्कीलाई भने २ वर्ष बढुवा रोक्का गरिएको थियो । उनीहरूलाई गम्भीर रूपमा सचेत गराउने पनि न्यायपरिषदले निर्णय गरेको छ।

सोमबार बसेको न्यायपरिषद बैठकले यस्तो निर्णय गरेको जानकारी दिइएको छ ।

 

प्रकाशित मिति : २०७६ असार १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *