दाङ, चैत २९ । नेपाल प्रहरीले झापाको काकटभिट्टाबाट दुर्गा प्रसाईंलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली प्रसाईंलाई नियन्त्रणमा लिन बिहानै काकटभिट्टा पुगेको थियो ।
चैत १५ गते काठमाडौंमा राजा पर्काउने नाममा भएको हिंसात्मक आन्दोलनका कमाण्डरसमेत रहेका प्रसाईं सोही दिनदेखि भागेका थिए ।
प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई काठमाडौं लैजाने थालिएको छ । उनलाई प्लेन मार्फत काठमाडौं लैजाने तयारीमा प्रहरी छ ।
प्रसाईं भारतको असामबाट पक्राउ पछि नेपाल ल्याइएका थिए ।
त्यो दिन प्रसाईंले आँफै हाँकेर घेरा तोड्न प्रहरीलाई नै किच्न पेलेर अगाडि बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास र गोलीसमेत चलाएको थियो।
त्यो दिन तीनकुनेमा हिँसा भड्किदा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो । थप २० जना गोली लागेर घाइते भएका थिए।
प्रकाशित मिति : २०८१ चैत्र २९ गते शुक्रवार
