२०८३ भाद्र १२ गते शुक्रवार

ज्ञान ज्योतिमा प्रकाश सपुत,रमाए बिद्यार्थी

तुलसीपुर , चैत २६ । तुलसीपुरस्थित ज्ञान ज्योति माविमा मंगलबार बिदाइ कार्यक्रम भयो । ज्ञान ज्योतिमा अध्यनरत कक्षा ११ का बिद्यार्थीले कक्षा १२ का बिद्यार्थीका लागि त्यो बिदाई कार्यक्रम आयोजना गरेका हुन ।


कार्यक्रम उल्लास र संगीत मय थियो । नेपालका चर्चित गायक तथा अभिनेता प्रकाश सपुतले आफ्नो चर्चित गीतहरु प्रस्तुत गरेका थिए ।


उनले चर्चित गीतहरु पिर, मेरो पनि हैन र यो देश, कुरा बुझ्नु पर्छ, सकम्बरी, साँझ पर्‍यो झमक्क, अरेली काँडैले, गलबन्दी च्यातियो’ जस्ता गीतहरु गाउँदा बिद्यार्थी, शिक्षक र उपस्थित अतिथि रमाएका थिए ।


गायक सपुतले गीत प्रस्तुत गर्दा बिद्यार्थी संग संगै नाचेका थिए । ज्ञानज्योति मावि जिल्लाकै एक प्रतिष्ठित विद्यालय हो ।
ज्ञानज्योति फाउन्डेसन द्धारा सञ्चालित यो बिद्यालयले तुलसीपुर बजारका साथै लमहीमा पनि बिद्यालय सञ्चालन गर्दै आएको छ । जहाँ हजारौं बिद्यार्थी अध्यनरत छन् ।

प्रकाशित मिति : २०८१ चैत्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *