२०८३ कार्तिक २३ गते आइतवार

चारलेन सडक अब छिट्टै ठेक्का हुन्छ , एयरपोर्टमा लागेको लाग्यै छु – दीपक गिरी

तुलसीपुर,चैत २५ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नं. ३ बाट निर्वाचित संघीय सांसद दीपक गिरीले सुशासन अहिलेको महत्वपूर्ण आवश्यकता भएको बताएका छन् ।

आइतबार दाङको तुलसीपुरमा नेपाल थारु संघको प्रथम अधिबेशनलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका नेता गिरीले अहिले जनतामा ब्याप्त निराशा अन्त्यका लागि सुशासनका साथै बिकास अति आवश्यक रहेको बताएका हुन ।

जिल्लाको बिकासको लागि बिगतमा आँफुले गरेको योगदानको चर्चा गर्दै संघीय सांसद गिरीले यतिखेर तुलसीपुर – घोराही चार लेन सडक निर्माणका लागि ठेक्का निकट भविश्यमै हुने बताए ।

त्यस्तै उनले तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टको धावन मार्ग बिस्ताका लागि आँफु लागेको लाग्यै रहेको हुँदा नआत्तिन उनले आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०८१ चैत्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *