दाङ, चैत २४ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले २०८४ सालको निर्वाचन भन्दा पहिले नै पार्टीको अधिबेशन हुने बताएका छन् ।
आइतबार दाङको तुलसीपुरमा नेपाल थारु संघको प्रथम अधिबेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कही कसैको दिमागमा २०८४ को निर्वाचन अघि पार्टीको अधिबेशन हुँदैन भन्ने कुरा कसैको दिमागमा भए त्यो निकालेर तत्काल फाल्न आग्रह गरेका छन् ।
क्रियाशिल सदस्यताको बिषय टुँङग्याएपछि २०८२ सालमै अधिबेशनको प्रक्रिया प्रारम्भ गर्न सक्ने उनले बताएका थिए । उनले अहिले नै अधिबेशन लाग्न नहुने भन्दै बिहानदेखि बेलुकासम्म अधिबेशनको कुरा गरि बस्नु सही नभएको तर्क पनि गरे ।
त्यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनताले चाहे जसरी सेवा प्रवाह गर्न नसकेको बताए । त्यही भएर मानिसहरु रिसाएको हुँदा आँफुले प्रधानमन्त्री लगाएतलाई बोल्दै नबोल्न बरु खुरु खुरु काम गर्न आग्रह गरेको बताएका थिए ।
केही दिनमै नेपालको केन्द्रीय बैंकको गर्भनर सरकारले नियुक्त गर्न लागेको भन्दै त्यो बिचौलियाको स्वार्थका लागि भए दुभाग्र्य हुने बताए ।
कार्यक्रमलाई केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल, दीपक गिरी, योगेन्द्र चौधरी, गहेन्द्र गिरी, कृष्णकिशोर घिमिरे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी लगाएत दर्जन बढीले सम्बोधन गरेका थिए ।

