तुलसीपुर, चैत २२ । नेपाली कांग्रेस महामन्त्री गगन थापाको चैत २४ गते दाङ आउने भएका छन् ।
तुलसीपुरमा हुन थालेको नेपाल थारु संघको प्रथम अधिबेशनलाई सम्बोधन गर्न महामन्त्री थापा तुलसीपुर आउने थालेको सञ्तोष चौधरीले बताए ।
कार्यक्रम तुलसीपुर उपमहानगरपालिका – ९ दोघरेस्थित तुलसीपुर उद्योग बाणिज्य संघको सभाहलमा आयोजना गरिएको चौधरीले बताए ।
काँग्रेस महामन्त्री थारु संघको अधिवेशनलाई सम्बोधन गर्न तुलसीपुर आउन थालेपछि नेपाली काँग्रेस दाङका सभापति शंकर डाँगी लगाएत क्षेत्र, प्रदेश र तुलसीपुर नगरले कार्यक्रममा उपस्थितिका लागि नेता कार्यकर्ताहरुमा आग्रह गरेका छन् ।
प्रकाशित मिति : २०८१ चैत्र २२ गते शुक्रवार