दाङ, चैत १६ । सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले शनिबार पदबाट राजिनामा दिएका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहलाई चौधरीले आफ्नो राजीनामा बुझाएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
गत शुक्रबार बिवादित अडियो वाहिरिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई पदबाट राजिनामा दिन निर्देशन दिएका थिए ।
नागरिक उन्मूक्ति पार्टीबाट मन्त्री बनेका चौधरीले शनिबार मुख्यमन्त्री निवास पुगेर राजीनामा बुझाएका हुन ।
राजीनामा पत्र बुझाएपछि उनले नैतिकताका आधारमा राजिनामा दिएको चौधरीले बताए ।
बिवादित अडियो शुक्रबार समाजिक सज्यालमा सार्वजनिक भएको थियो । राजिनामा बुझेपछि पत्रकारको प्रश्नको प्रतिक्रिया दिदै मुख्यमन्त्री शाहले भष्ट्राचार र सुशासनका सवालमा सुदुरपश्चिम सरकार र आँफुपनि स्पष्ट रहेको बताए ।
सरकारसँग जोडिएका कुरा प्रमाणित भएमा तत्काल मार्ग प्रसस्त गर्नु पर्ने नीति अनुरुप आँफुले पदबाट राजीनामा दिएको उनले बताएका थिए ।