२०८२ कार्तिक २१ गते शुक्रवार

राजसंस्था पुर्नस्थापना आन्दोलनको कमाण्डर प्रसाँई

काठमाडौं, चैत १४ ।राजसंस्था पुनस्र्थापनाका लागि आन्दोलनको कमाण्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई तोकेको छ ।


काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै संयुक्त जनआन्दोलन समितिले संयोजक नबराज सुवेदीले जनआन्दोलनको कमाण्डरको रुपमा प्रसाईंलाई तोकिएको बताए ।

प्रसाँई नेतृत्वको समूहले चैत १५ गते प्रदर्शनलाई समितिले समर्थन गर्ने र शुक्रबारदेखि नै आन्दोलन सुरू हुने सुबेदीले बताएका थिए ।

प्रसाईंलाई जनकमान्डर घोषणा गर्न आयोजित कार्यक्रममा राप्रपाका नेता प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शम्शेर राणा उपस्थित थिए।
महामन्त्री राणा सुवेदी नेतृत्वको समितिमा आन्दोलन परिचालन समितिमा पनि बसेका छन् ।

राप्रपाले चैत ५ गतेको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमै राजसंस्था पुनस्र्थापना आन्दोलन गर्ने निर्णय गरेको थियो।


चैत १२ गते आन्दोलन परिचालन मूल समिति बैठक गरेर राप्रपाले चैत २६ गते काठमाडौंमा प्रदर्शन गर्ने र वैशाख ७ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने घोषणा गरिसकेको छ।

प्रकाशित मिति : २०८१ चैत्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *