२०८२ बैशाख ७ गते शनिवार

नागरिकको योगदानमा आधारित स्वास्थ्य बिमा आवश्यक छ –मन्त्री पौडेल


घोराही , चैत १० । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकको योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको विकास अनिवार्य गर्नुपर्ने बेला आएको बताएका छन् ।

नेपाली कांग्रेस दाङले आइतवार घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पौडेलले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन नागरिकको योदानका आधारमा बिमाको बिकास गरे मात्रै अहिलेको समस्या समाधान हुन सक्ने दाबी गरे ।

अहिलेको अवस्थामा सरकारले मात्रै लागनी गरेर जनतालाई बिमा सेवालाई निरन्तरता दिन सक्ने अवस्था नरहेको भन्दै निजी क्षेत्रको पनि सहयोग आवश्यक रहेको बताए ।

मदिरा र सुर्तीमा संकलन हुने करको ५० प्रतिशत रकम, सरकारी क्षेत्र र विभिन्न संघसस्थामा काम गर्नेहरुले दुई प्रतिशत बिमा बोर्डमा जम्मा गर्ने ब्यबस्था हुनुपर्ने उनले जोड दिए ।

त्यसबाट मात्रै स्वास्थ्य बिमामा देखिएको समस्या अन्त्य गर्न संभव हुने तथा सेवालाई थप प्रभावकारी बनाउन सकिने उनको भनाइ थियो ।

सरकारी अस्पतालको भौतिक सुधारसँगै उपकरण र जनशक्ति व्यवस्थापन आफ्नो मुख्य प्राथमिकता रहेको भन्दै मन्त्री पौडेलले अस्पतालको फार्मेसीमा औषधी नराख्ने, सरकारी अस्पतालबाट दिने सेवा बिरामीलाई बाहिर रिफर गर्ने गरेको पाइए कारवाही हुने चेतावनी दिए ।

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा भएको कार्यक्रम उपसभापति कमानसिंह भारतीको स्वागत मन्तव्यवाट सुरु भएको थियो ।


कार्यक्रमको सहजीकरण अर्का उपसभापति गिरिराज सुवेदीले गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव बालिका लम्सालले गरेकी थिइन ।

प्रकाशित मिति : २०८१ चैत्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *