तुलसीपुर , चैत ६ । तुलसीपुरको राप्ती बबई क्याम्पसमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ प्यानल सबैको अग्रता कायमै छ ।
११०० मत गणना भइ सकेको छ । कुल १४१७ मत खसेको थियो । अब जम्मा ३१७ मत मात्रै गणना हुन बाँकी छ ।
सार्वजनिक पछिल्लो मत परिनाम अनुसार स्ववियू सभापति पदमा नेबिसंघका प्रमोद भण्डारी निकटतम प्रतिष्पर्धी भन्दा २६२ मतले अगाडि छन् । पछिल्लो प्राप्त मत विश्लेन गर्दा प्रमोदको जित सुनिश्चित भइ सकेको छ ।
प्रमोद भण्डारीका निकटतम प्रतिष्पर्धी संयुक्त बिद्यार्थी प्यानलका सभापति पदका उम्मेदवार लेखमणी खत्री (लक्ष्मण)ले ३०२ मत प्राप्त गरेका छन् । अब कुल गणना हुन बाँकी ३१७ मतमा प्रमोदको अग्रता घटाउँदा जम्मा ५५ मत मात्रै हुन आउँछ ।
अर्कौ तर्फ गणना हुन बाँकी सबै मत लेखमणी प्राप्त गर्न संभावना र संभव छैन । त्यसैले नेविसंघका प्रमोदको जित सुनिश्चित भइ सकेको हो ।
११०० मत गनेर सक्दा स्वतन्त्र उम्मेदवार दुई मध्य कोमलबहादुर वली (केबी) ले १०८ र कृष्ण केसी (डेभिड खत्री) ले २३ मत मात्रै प्राप्त गरेका छन् ।
सचिव पदमा पनि नेपाली काँग्रेसको भातृ संगगठन नेविसंघका उम्मेदवार टोपबहादुर वली नै अगाडि छन् । वलीले ४५९ मत प्राप्त गरेका छन् ।
सचिब पदका संयुक्त बिद्यार्थी प्यानलकी उम्मेदवार सोनिया थापाले ४५२ मत प्राप्त गरेकी छन् । वली र थापा बीचको मतान्तर जम्मा ७ मात्रै छ । उनीहरुको बीचमा सुरु देखि नै यस्तै रोचक प्रतिष्र्धा हुँदै आएको छ ।
सचिवमा स्वतन्त्र उम्मेदवार अङ्किता डाँगीले हालसम्म जम्मा ४० मत मात्रै प्राप्त गरेकी छन् ।
कोषाध्यक्ष पदमा पनि नेविसंघका उम्मेदवार शिक्षा नेपालीले लिड गरि रहेकी छन् । नेपालीले ४९८ मत प्राप्त गर्दा संयुक्त बिद्यार्थी प्यानलका तिलकराज डाँगीले ३६१ र स्वतन्त्रका आसिक मियाँले जम्मा ७२ मत प्राप्त गरेका छन् ।
प्रत्यक्षतर्फको सददस्य पदहरुमा पनि नेविसंघकै उम्मेदवारहरुको अग्रता छ । नौं सय मत गणना हुँदा नेविसंघकी मनिषा चौधरीले – ५८७ , रुपेश चौधरी – ५८१, यामकुमारी भण्डारी ५७२ , सञ्जिब चौधरी –५४२, ममता वली – ५७६, करुणा नेपाली – ५५६ र लक्ष्मण वलीले – सर्वाधिक बढी ६३० मत प्राप्त गरेका छन् ।
त्यस्तै संयुक्त बिद्यार्थी प्यानलका प्रत्यक्ष तर्फ सदस्य पदका उम्मेदवारहरु मध्य नेबबहादुर भण्डारी (नबीन)ले –३७२, कबि सेन सिन – ३७६, प्रेम केसी –३५७, दिलिप शर्मा (दीपक) –४३२, अनिता खड्का –३६० र तुलसीराम भण्डारीले –३८० मत प्राप्त गरेका छन् ।
जिल्लाको दोस्रो ठूलो क्याम्पस तुलसीपुरको राप्ती बबइ क्याम्पसमा नेतृत्व चयनका लागि मंगलबार बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म मतदान भएको थियो । निर्वाचन समितिका सूचना अधिकारी प्राध्यापक चमन धितालका अनुसार क्याम्पसमा अध्यनरत ३३१४ बिद्यार्थी मध्य जम्मा १४१७ जना मात्रै मतदानमा सहभागी भए ।
१८९७ बिद्यार्थी मतदान गर्न आएनन् । खसेको मत साढे ४१ प्रतिसत मात्रै हो । अब जम्मा ५१७ मत मात्रै गणना हुन बाँकी छ ।