२०८२ बैशाख ७ गते शनिवार

राप्ती बबई क्याम्पस स्ववियू निर्वाचन –५१७ मत गणना हुन बाँकी छँदा नेविसंघका प्रमोद भण्डारी निकटतम प्रतिष्पर्धी लेखमणि खत्री भन्दा २०६ मतले अगाडि

तुलसीपुर , चैत ६ । तुलसीपुरको राप्ती बबई क्याम्पसमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ प्यानल सबैको अग्रता कायमै छ ।


नौं सय मत गणना भइ सकेको छ । अब जम्मा ५१७ मत मात्रै गणना हुन बाँकी छ ।


सार्वजनिक पछिल्लो मत परिनाम अनुसार स्ववियू सभापति पदमा नेबिसंघका प्रमोद भण्डारी निकटतम प्रतिष्पर्धी भन्दा २०६ मतले अगाडि पुगेका छन् । पछिल्लो सार्वजनिक मत परिनाम अनुसार भण्डारीले ४४८ मत प्राप्त गरेका छन् ।


भण्डारीका निकटतम प्रतिष्पर्धी संयुक्त बिद्यार्थी प्यानलका सभापति पदका उम्मेदवार लेखमणी खत्री (लक्ष्मण)ले २४२ मत प्राप्त गरेका छन् ।


नौं सय मत गन्दा स्वतन्त्र उम्मेदवार दुई मध्य कोमलबहादुर वली (केबी) ले ९४ र कृष्ण केसी (डेभिड खत्री) ले २० मत मात्रै प्राप्त गरेका छन् ।

सचिव पदमा पनि नेपाली काँग्रेसको भातृ संगगठन नेविसंघका उम्मेदवार टोपबहादुर वली नै अगाडि छन् । नौं सय मत गन्दा वलीले ३७० मत प्राप्त गरेका छन् ।

सचिब पदका संयुक्त बिद्यार्थी प्यानलकी उम्मेदवार सोनिया थापाले ३६२ मत प्राप्त गरेकी छन् । वली र थापा बीचको मतान्तर जम्मा ८ मात्रै छ । उनीहरुको बीचमा रोचक प्रतिष्र्धा हुने ठानिएको छ ।

त्यस्तै स्वतन्त्र उम्मेदवार अङ्किता डाँगीले हालसम्म जम्मा ३६ मत मात्रै प्राप्त गरेकी छन् ।

कोषाध्यक्ष पदमा पनि नेविसंघका उम्मेदवार शिक्षा नेपालीले लिड गरि रहेकी छन् । नेपालीले ३९२ मत प्राप्त गर्दा संयुक्त बिद्यार्थी प्यानलका तिलकराज डाँगीले ३०१ र स्वतन्त्रका आसिक मियाँले जम्मा ६० मत प्राप्त गरेका छन् ।
कोषाध्यक्ष पदमा नेपाली निकटतम प्रतिष्र्धी डाँगी भन्दा ९१ मतान्तरले अघि छन् ।

प्रत्यक्षतर्फको सददस्य पदहरुमा पनि नेविसंघकै उम्मेदवारहरुको अग्रता छ । नौं सय मत गणना हुँदा नेविसंघकी मनिषा चौधरीले – ४७६, रुपेश चौधरी – ४६३, यामकुमारी भण्डारी ४६३, , सञ्जिब चौधरी –४४१, ममता वली – ४७४, करुणा नेपाली – ४५७ र लक्ष्मण वलीले – सर्वाधिक बढी ५१६ मत प्राप्त गरेका छन् ।

त्यस्तै संयुक्त बिद्यार्थी प्यानलका प्रत्यक्ष तर्फ सदस्य पदका उम्मेदवारहरु मध्य नेबबहादुर भण्डारी (नबीन)ले –३०६, कबि सेन सिन – ३२१, प्रेम केसी –३०३, दिलिप शर्मा (दीपक) –३५१, अनिता खड्का –२९९ र तुलसीराम भण्डारीले –३१३ मत प्राप्त गरेका छन् ।

जिल्लाको दोस्रो ठूलो क्याम्पस तुलसीपुरको राप्ती बबइ क्याम्पसमा नेतृत्व चयनका लागि मंगलबार बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म मतदान भएको थियो ।

निर्वाचन समितिका सूचना अधिकारी प्राध्यापक चमन धितालका अनुसार क्याम्पसमा अध्यनरत ३३१४ बिद्यार्थी मध्य जम्मा १४१७ जना मात्रै मतदानमा सहभागी भए ।

१८९७ बिद्यार्थी मतदान गर्न आएनन् । खसेको मत साढे ४१ प्रतिसत मात्रै हो । अब जम्मा ५१७ मत मात्रै गणना हुन बाँकी छ ।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *