२०८२ बैशाख ७ गते शनिवार

दाङका ३ वटा क्याम्पसमा मात्रै निर्वाचन

तालाबन्दीका कारण नेसिंबि मातहतका ३ क्याम्पसमा चुनाब हुन सकेन

तुलसीपुर , चैत ५ । मंगलबार स्वतन्त्र बिद्यार्थी युनियनको नेतृत्व चुन्न दाङका तीन क्याम्पसहरुमा मतदान भएको छ ।

तुलसीपुरको राप्ती बबई क्याम्पस र देउखुरीका एराबती आदर्श बहुमुखी क्याम्पस लालमटिया र देउखुरी बहुमुखी क्याम्पसमा नेतृत्व चुन्न मतदान भएको हो ।

दाङका २५ क्याम्पसहरु मध्य तीन क्याम्पसहरुमा भने तालाबन्दीका कारण निर्वाचन हुन सकेन ।
जिल्लाको सबै भन्दा पुरानो र ठूलो क्याम्पस दाङको घोराही भरतपुरस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भने सर्वसम्मत चयन भएको थियो ।


नेपाल विद्यार्थी संघका दिपेश डिसी सर्वसम्मत रुपमा क्याम्पसको स्ववियु सभापति बनेको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलले बताए ।


त्रिविबाट सम्बन्ध प्राप्त जिल्लामा २५ क्याम्पसहरु छन् । जस मध्य अधिकाँसमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । नेपाल संस्कृत विश्व विद्यालय केन्द्रीय क्याम्पस बेलुझुण्डीका साथै मातहतका तीन क्याम्पसमा भने तालाबन्दीका कारण निर्वाचन हुन सकेन ।


जनता विद्यापिठ बिजौरी र केन्द्रीय आर्युबेद कार्यालय (बाम्स) मा निर्वाचन हुन सकेन । केन्द्रीय क्याम्पस, जनता विद्यापिठमा नेकपा माओबादी केन्द्र निकट अखिल (कान्तिकारी) र बाम्समा नेकपा एमाले निकट अखिलले तालबान्दी गरेका कारण ती क्याम्पसहरुमा निर्वाचन हुन नसेके हो ।

जिल्लाको दोस्रो ठूलो क्याम्पस तुलसीपुरको राप्ती बबइ क्याम्पसमा बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म मतदान भएको हो ।

निर्वाचन समितिका सूचना अधिकारी प्राध्यापक चमन धितालका अनुसार क्याम्पसमा अध्यनरत ३३१४ बिद्यार्थी मध्य जम्मा १४१७ जना मात्रै मतदानमा सहभागी भए । १८९७ बिद्यार्थी मतदान गर्न आएनन् । खसेको मत साढे ४१ प्रतिसत मात्रै हो ।


देउखुरीका एराबती आदर्श बहुमुखी क्याम्पस लालमटियामा ७८४ मतदाता मध्य ४८५ मत खस्यो भने देउखुरी बहुमुखी क्याम्पसमा १८०० मतदाता मध्य ९६१ मत खसेको निर्वाचन समितिले जानकारी दिएका छन् ।

राप्ती बबई क्याम्पसमा स्ववियु सभापति पदका लागि चार जना प्रतिष्पर्धामा छन् ।
नेपाल बिद्यार्थी संघ, संयुक्त बिद्यार्थी युनियन र स्वतन्त्र रुपमा दुई जना प्रतिष्पर्धामा छन् ।

नेपाली काँग्रेसको भातृ संगठन नेबिसंघबाट प्रमोद भण्डारी सभापति पदका उम्मेदवार छन् । प्रमोद अघिल्लो स्ववियु निर्वाचनमा पनि सभापति पदका उम्मेदवार थिए । त्यतिखेर पनि गुटगट राजनीतिको परिणाम नेविसंघ कै दुई जना आपसी प्रतिपर्धामा थिए ।

जतिखेर मतदान पुरा भइ मत गणनाका क्रममा उत्पन्न आपसी किचलोका कारण बीचमै मतगणा स्थगित भएको थियो । फेरि मत गणना सुरु हुन नसकेपछि त्यो मतदानको परिणाम सार्वजनिक नै भएन ।

बबई क्याम्पसमा अहिले संयुक्त बिद्यार्थी प्यानलको तर्फ बाट स्ववियु सभापतिमा लेखमणी खत्री (लक्ष्मण) प्रतिष्पर्धामा छन् ।
लक्ष्मण पनि नेविसंघकै नेता हुन । टिकट नपाएपछि असन्तुष्ट बनेका उनले आँफु नेतृत्वमा बिभिन्न विद्यार्थी संगठनलाई समेटर संयुक्त प्यानल खडा गरि उम्मेदवारी दिएका थिए ।


संगठनका बिरुद्ध उत्रिएको भन्दै नेपाली काँग्रेस अनुसाशन समितिले मंगलबारदेखि नै लागु हुने गरि खत्रीलाई साधारण सदस्यसमेत नरहने गरि कारबाही गरेको छ ।


मंगलबार बिज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस दाङका उपसभापति तथा अनुसाशन समितिका संयोजक गिरिराज सुवेदीले खत्रीलाई साधारण सदस्यसमेत नरहने गरि निस्कासित गरिएको उल्लेख गरेका छन् ।

राप्ती बबई क्याम्पसमा स्वतन्त्र रुपमा दुई जना सभापति पदमा भिडेका छन् । जस्मा कृष्ण केसी (डेभिड खत्री) र कोमलबहादुर वली (केबी) चुनाबी मैदानमा छन् ।


सचिव पदमा नेविसंघबाट टोपबहादुर वली, संयुक्त बिद्यार्थी प्यानलबाट सोनिया थापा, स्वतन्त्रवाट संकिता डाँगी प्रतिष्पर्धी छन ।
त्यस्तै कोषाध्यक्ष पदमा नेविसंघ बाट शिक्षा नेपाली, संयुक्त बिद्यार्थी प्यानलबाट तिलकराज डाँगी र स्वतन्त्रबाट आसिक मियाँ उम्मेदवार छन् ।


नेविसंघका प्रत्यक्षतर्फका सददस्य पदका उम्मेदवारहरु
१ – मनिषा चौधरी
२– रुपेश चौधरी
३– यामकुमारी भण्डारी
४– सञ्जिब चौधरी
५– प्रशान्त खनाल
६– ममता वली
७– करुणा नेपाली
८– लक्ष्मण वली

संयुक्त बिद्यार्थी प्यानलका प्रत्यक्ष तर्फका सदस्य पदका उम्मेदवारहरु
१ – नेबबहादुर भण्डारी (नबीन)
२– कबि सेन
३– प्रेम केसी
४– दिलिप शर्मा (दीपक)
५– अनिता खड्का
६– तुलसीराम भण्डारी

प्रकाशित मिति : २०८१ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *