२०८२ बैशाख ७ गते शनिवार

राप्ती बबई क्याम्पस स्ववियु निर्वाचन – १८९७ जना मतदानमा आएनन्

तुलसीपुर , चैत ५ । तुलसीपुरको राप्ती बबइ क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनको नेतृत्व चुन्न मंगलबार बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म मतदान भयो ।


निर्वाचन समितिका सूचना अधिकारी प्राध्यापक चमन धितालका अनुसार क्याम्पसमा अध्यनरत ३३१४ बिद्यार्थी मध्य जम्मा १४१७ जना मात्रै मतदानमा सहभागी भए । १८९७ बिद्यार्थी मतदान गर्न आएनन् ।
खसेको मत प्रतिसतमा साढे ४१ प्रतिसत मात्रै हो ।

ठूलो संख्यामा बिद्यार्थी अनुपस्थित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मतदानमा नआएका एक बिद्यार्थीले क्याम्पस भित्रको दलिय राजनीति मन नपरेको हुँदा मतदान गर्न जान मन नलागेको प्रक्रिया दिए ।

‘ सभापतिको लागि चार जना प्रतिष्पर्धा उत्रिएका छन्,’ उनले भने ‘सबै साथीहरु हुन तर राजनीतिक स्वार्थका कारण आपसमा आमनेसामने भएको हुँदा मलाई भोट हाल्न जान मन परेन ।’

राप्ती बबई क्याम्पसमा स्ववियु सभापति पदका लागि चार जना प्रतिष्पर्धामा छन् ।
नेपाल बिद्यार्थी संघ, संयुक्त बिद्यार्थी युनियन र स्वतन्त्र रुपमा दुई जना प्रतिष्पर्धामा छन् ।

नेपाली काँग्रेसको भातृ संगठन नेबिसंघबाट प्रमोद भण्डारी सभापति पदका उम्मेदवार छन् ।
प्रमोद अघिल्लो स्ववियु निर्वाचनमा पनि सभापति पदका उम्मेदवार थिए । त्यतिखेर पनि गुटगट राजनीतिको परिणाम नेविसंघ कै दुई जना आपसी प्रतिपर्धामा थिए ।

जतिखेर मतदान पुरा भइ मत गणनाका क्रममा उत्पन्न आपसी किचलोका कारण बीचमै मतगणा स्थगित भएको थियो । आन्तरिक किचलोका कारण फेरि मत गणना सुरु हुन नसकेपछि त्यो मतदानको परिणाम सार्वजनिक नै हुन सकेको थिएन ।

बबई क्याम्पसमा अहिले संयुक्त बिद्यार्थी प्यानलको तर्फ बाट स्ववियु सभापतिमा लेखमणी खत्री (लक्ष्मण) प्रतिष्पर्धामा छन् ।
लक्ष्मण पनि नेविसंघकै नेता हुन । टिकट नपाएपछि असन्तुष्ट बनेका उनले आँफु नेतृत्वमा बिभिन्न विद्यार्थी संगठनलाई समेटर संयुक्त प्यानल खडा गरि उम्मेदवारी दिएका थिए ।


संगठनका बिरुद्ध उत्रिएको भन्दै नेपाली काँग्रेस अनुसाशन समितिले मंगलबारदेखि नै लागु हुने गरि खत्रीलाई साधारण सदस्यसमेत नरहने गरि कारबाही गरेको छ ।


मंगलबार बिज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस दाङका उपसभापति तथा अनुसाशन समितिका संयोजक गिरिराज सुवेदीले खत्रीलाई साधारण सदस्यसमेत नरहने गरि निस्कासित गरिएको उल्लेख गरेका छन् ।

यो क्याम्पसमा स्वतन्त्र रुपमा दुई जना सभापति पदमा भिडेका छन् । जस्मा कृष्ण केसी (डेभिड खत्री) र कोमलबहादुर वली (केबी) चुनाबी मैदानमा छन् ।


सचिव पदमा नेविसंघबाट टोपबहादुर वली, संयुक्त बिद्यार्थी प्यानलबाट सोनिया थापा, स्वतन्त्रवाट संकिता डाँगी प्रतिष्पर्धी छन ।
त्यस्तै कोषाध्यक्ष पदमा नेविसंघ बाट शिक्षा नेपाली, संयुक्त बिद्यार्थी प्यानलबाट तिलकराज डाँगी र स्वतन्त्रबाट आसिक मियाँ उम्मेदवार छन् ।

नेविसंघका प्रत्यक्षतर्फका सददस्य पदका उम्मेदवारहरु
१ – मनिषा चौधरी
२– रुपेश चौधरी
३– यामकुमारी भण्डारी
४– सञ्जिब चौधरी
५– प्रशान्त खनाल
६– ममता वली
७– करुणा नेपाली
८– लक्ष्मण वली

संयुक्त बिद्यार्थी प्यानलका प्रत्यक्ष तर्फका सदस्य पदका उम्मेदवारहरु
१ – नेबबहादुर भण्डारी (नबीन)
२– कबि सेन
३– प्रेम केसी
४– दिलिप शर्मा (दीपक)
५– अनिता खड्का
६– तुलसीराम भण्डारी

प्रकाशित मिति : २०८१ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *