२०८२ कार्तिक २९ गते शनिवार

राप्ती बबई क्याम्पस स्ववियु निर्वाचन – बिहान ११ बजेसम्म ६६३ मत खस्यो

तुलसीपुर , चैत ५ । तुलसीपुरको राप्ती बबइ क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनको नेतृत्व चुन्न मंगलबार बिहान ८ बजेदेखि मतदान जारी छ ।

बिहान ११ बजेसम्म ६६३ मत खसेको छ । मतदानको समयमा दिउँसो ४ बजेसम्म तोकिएको छ ।

निर्वाचन समितिका सहायक प्रमुख तथा क्याम्पसका प्राध्यापक सुर्य शर्माका अनुसार क्याम्पसमा अध्यनरत ३३१४ बिद्यार्थीले मताधिकार पाएका छन् ।

राप्ती बबई क्याम्पसमा स्ववियु सभापति पदका लागि चार जनाका बीच प्रतिष्पर्धा भइ रहेको छ ।
नेपाल बिद्यार्थी संघ, संयुक्त बिद्यार्थी युनियन र स्वतन्त्र रुपमा दुई जना प्रतिष्पर्धामा छन् ।

नेपाली काँग्रेसको भातृ संगठन नेबिसंघबाट प्रमोद भण्डारी सभापति पदका उम्मेदवार छन् ।
बबई क्याम्पसमा अहिले संयुक्त बिद्यार्थी प्यानलको तर्फ बाट स्ववियु सभापतिमा लेखमणी खत्री (लक्ष्मण) प्रतिष्पर्धामा छन् ।
लक्ष्मण पनि नेविसंघकै नेता हुन ।

टिकट नपाएपछि असन्तुष्ट बनेका उनले आँफु नेतृत्वमा बिभिन्न विद्यार्थी संगठनलाई समेटर संयुक्त प्यानल खडा गरि उम्मेदवारी दिएका थिए ।


यो क्याम्पसमा स्वतन्त्र रुपमा दुई जना सभापति पदमा भिडेका छन् । जस्मा कृष्ण केसी (डेभिड खत्री) र कोमलबहादुर वली (केबी) चुनाबी मैदानमा छन् ।


सचिव पदमा नेविसंघबाट टोपबहादुर वली, संयुक्त बिद्यार्थी प्यानलबाट सोनिया थापा, स्वतन्त्रवाट संकिता डाँगी प्रतिष्पर्धी छन ।
त्यस्तै कोषाध्यक्ष पदमा नेविसंघ बाट शिक्षा नेपाली, संयुक्त बिद्यार्थी प्यानलबाट तिलकराज डाँगी र स्वतन्त्रबाट आसिक मियाँ उम्मेदवार छन् ।

नेविसंघका प्रत्यक्षतर्फका सददस्य पदका उम्मेदवारहरु
१ – मनिषा चौधरी
२– रुपेश चौधरी
३– यामकुमारी भण्डारी
४– सञ्जिब चौधरी
५– प्रशान्त खनाल
६– ममता वली
७– करुणा नेपाली
८– लक्ष्मण वली

संयुक्त बिद्यार्थी प्यानलका प्रत्यक्ष तर्फका सदस्य पदका उम्मेदवारहरु
१ – नेबबहादुर भण्डारी (नबीन)
२– कबि सेन
३– प्रेम केसी
४– दिलिप शर्मा (दीपक)
५– अनिता खड्का
६– तुलसीराम भण्डारी

प्रकाशित मिति : २०८१ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *