२०८२ मङ्सिर २४ गते बुधवार

घोराहीवाट दश महिलाको २२ तोला बराबरको सुनको सिक्रि लुटपाट


दाङ, असार १५ । घोराहीको बब्जिमण्डी क्षेत्रवाट दश दिनको अवधिमा दश महिलाको २२ तोला बराबरको सनुको सिक्री लुटपाट भएको छ । घोराही निवासी शिवा बस्नेतको सबैभन्दा धेरे ४ तोलाको सुनको सिक्री लुटपाट भएको छ । त्यस्तै दिपेन्द्रमान श्रेष्ठ र रामबहादुर घर्तीले आफ्नी पत्निको ३ ÷३ तोलाको सिक्री र सरिता रावतले पनि आफ्नो ३ तोलाको सुनको सिक्री लुटपाट भएको भन्दै जिल्ला प्रहरी कार्यालय घोराही दाङमा निवेदन दिएका छन् ।

त्यसैगरी मिना खनालले १ तोलाको सिक्री, ज्ञानशोभा श्रेष्ठले १ तोला २ आनाको सिक्री, पवित्रा वलीले १ तोला ५ आनाको सिक्री, रञ्जित श्रेष्ठले आफ्नी आमाको लकेटसहितको सिक्री, शोभा डाँगीले १ तोला ७५ आनाको सिक्री र नन्दीदेवी रोकाले १ तोला ९ आनाको सिक्री लुटपाट भएको भन्दै प्रहरीमा निवेदन दिएको मुद्दा फाँटका प्रहरी निरिक्षक राजन गौतमले जानकारी दिए ।

एकाविहानै मोनिङ वाकमा निस्कने र त्यसपछि तरकारी किन्न जाने महिलाहरुलाई टार्गेट गरि सुनको सिक्री लुटपाट गर्ने गरेको प्रहरीले बताएको छ ।

हालसम्म आफ्नो सुनको सिक्री लुटिएको भन्दै दश जनाले प्रहरीमा निवेदन दिएको गौतमले बताए । असार ३ देखि १३ गतेसम्मको अवधिमा दशजना महिलाबाट झन्डै २२ तोला बरावरको सुनको गरगहना लुटपाट भएको प्रहरीले जानकारी दिएको छ । लुटेराले सबै महिलाको मात्रै सिक्री लुट्ने गरेको पाइएको छ ।

उनीहरु सबैले आफ्नो सुनको सिक्री घोराहीस्थित जिल्ला प्रहरी कार्यालय नजिकै रहेको सब्जि मण्डि क्षेत्रबाट लुटपाट भएको कुरा निवेदनमा उल्लेख गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी बेलबहादुर पाण्डेले एकाविहानै सब्जिमण्डीमा तरकारी किन्न जाने महिलाहरुलाई टार्गेट गरेर लुटेराले लुटपाट गर्ने गरेको भन्ने गुनासो आएको बताए । यसैबीच साधा पोशाकमा प्रहरी परिचालन गरेर शुक्रवार विहान एक जना जेष्ठ महिलाको घाँटीवाट सिक्री लुट्दै गर्दा एक बालकलाई पक्राउ गरिएको एसपी पाण्डेले बताए । नाम सार्वजनिक गर्न नमानेपनि पक्राउ परेका बालक विरगञ्ज पर्शातिरका १२÷ १३ बर्षको बालक रहेको प्रहरीले बताएको छ ।
पक्राउ परेका ती बालकले आँफु विरगञ्जवाट एक्लै घोराही आएको दाबी गर्दैै आएको भएपनि त्यसमा अरुको पनि सहभागिता रहेको हुन सक्ने प्रहरीले आशंका व्यक्त गरेको छ ।

एसपी पाण्डेले भने ‘त्यो बच्चाको कुरा पत्यार लाग्दो छैन । बच्चा त्यति टाढा बाट एक्लै आएर लुटपाट गर्ने कुरै आउँदैन।’ लुटिने अधिकाँस महिलाहरुले सिक्री लुटेर लगेको तत्कालै कुनै जानकारी नहुने गरेको प्रहरी समक्ष गुनासो गरेका छन् । सिक्री लुटिएको कुरा कसैले २÷३ घन्टापछि मात्रै थाहाँ पाएको तथा कसैले १÷२ दिनपछि मात्रै पत्ता पाएको प्रहरीलाई बताएको छ । प्रहरीले लुटपाटको घटनावारे सुक्ष्म अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ असार १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *