२०८२ मङ्सिर २२ गते सोमवार

तेघरामा बाजागाजासहित झन्डै ३ हजार विरुवा रोपियो


छवि पुरी,
तेघरा, असार १४ । घोराही उपमहानगरपालिका वडा नं. ९ तेघरामा शनिवार वृक्षारोपण कार्यक्रम गरिएको छ । यहाँको स्थानीय सामुदायिक वनको खाली जग्गामा करिव ३ हजार विरुवा रोपिएको छ । खयर, सिसौ, टिक, बकाईनो, मसला, बाँस, बेद आदी जातका बिरुवा सामुदायिक वनका उपभोक्ता, डिभिजन वन कार्यालयका पदाधिकारी, वनअधिकारकर्मी, पत्रकार, वाल क्लवलगायतले रोपेका थिए । कार्यक्रमका दौरानमा सामुदायिक वन हस्तान्तरण कार्यक्रम पनि भएको थियो । डिभिजन वन कार्यालय घोराहीका प्रमुख दीपक ज्ञवालीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको प्रमुख आथित्यमा कार्यक्रम भएको हो ।

कार्यक्रमका विशिष्ट अतिथि भने घोराही वडा नम्बर ९ का वडा अध्यक्ष मानबहादुर बस्नेत थिए । प्रमुख अतिथि प्रजिअ रिजालले सामुदायिक वन संरक्षण र दिगो व्वस्थापनमा ध्यान दिन आग्रह गरे । उनले बिरुवा रोपेर छाड्ने संस्कारको अन्त्य गरेर सबैमा अपनत्वको भावना जागृत हुन जरुरी रहेको बताए ।

उनले स्थानीयलाई शनिवार विरुवा रोपेको क्षेत्रलाई निकट भविष्यमै नमुना सामुदायिक वनका रुपमा विकाश गरेर देखाउन आग्रह गरे ।
६८ घरधुरी रहेका तेधरामा करिव ३ सय ६३ जनसंख्या छ । उनीहरु सबै शनिवारदेखि सामुदायिक वनको उपभोक्ता बनेका छन्। कार्यक्रम हुनु अघि बाजागाजासहित वन सचेतनाको नारा लगाउँदै र्याली निकालिएको थियो।

कार्यक्रममा वृक्षारोपण गरिएको ५.१६ हेक्टर क्षेत्रफल जमिनको स्ववामित्व श्रृजनशिल सामुदायिक वनलाई हस्तान्तरण गरिएको छ । वनका अध्यक्ष जीतलाल चौधरीलाई डिभिजन वन प्रमुख ज्ञवाली, प्रजिअ रिजालले संयुक्तरुपमा हस्तान्तरण गरेका हुन । सामुदायिक वनको विधान भने वडा अध्यक्ष बस्नेतले हस्तान्तरण गरेका हुन । कार्यक्रमको सहजीकरण डिभिजन वन कार्यालयका माधव तिमिल्सिनाले गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ असार १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *