तुलसीपुर, फागुन २९ । सुकुम्बासीलाई धारा, कार्यालयमा कार्यरत कर्मचारीलाई स्थायी नियुक्ति र बबइको पानी तुलसीपुरमा ल्याउनका लागि भूमिका निर्वाह गर्ने प्रमुख पात्र हुन यमकान्त भण्डारी ।
अघिल्लो कार्यकालमा तुलसीपुर खानेपानी उपभोक्ता तथा सररफाइ संस्थाको अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष भण्डारीले ‘ पानी सबैका लागि’ भन्ने अभियान अनुसार काम गरे ।
‘सबैका लागि शुद्ध पिउने पानी’ भन्ने अभियानलाई सार्थक तुल्याउन उनले पानी बितरण प्रणालीमा समान ब्यबहार अख्तियार गरे । शुद्ध पिउने पानी ठूला वा साना अर्थात धनि वा गरिवका भनेर नभइ समान रुपमा वितरण हुनु पर्छ भन्ने मान्नेता ब्यबहारिक रुपमा स्थापित गरेर देखाए ।
सबैलाई समान देख्ने सबै प्रति समान भावना राख्नु पर्छ भन्ने अध्यक्ष भण्डारीले अख्तियार गरेको नीतिकै कारण पछिल्लो समय ऐलानी जग्गामा घर वा छाप्रो बनाएर बसेकाहरुको घर आँगनमा पनि पानीको धारा पुगेको हो ।
भण्डारी भन्दा पहिले नेतृत्व गर्नेहरुले गरिब अर्थात ऐलानीमा घर वा छाप्रो बनाइ बस्नेहरु खाने पानीका धारादेखि बञ्चित गरिदै आएका थिए । ‘ म आए पछि नै सुकुम्बासी वा ऐलानी जग्गामा बसोबास गर्ने गरिब र दिन दुःखीपनि मानिसहुन र उनीहरुले पनि समान रुपमा शुद्ध पानी पिउन पाउनु पर्छ भन्ने मान्नेतका साथ काम गरेको हुँदा आज हरेक झुपडीमा पनि धारा वितरण गरिएको हो,’ अध्यक्षका उम्मेदवार भण्डारीले भने ‘ बर्षौंदेखि गरिब भएकै कारण ऐलानी जग्गामा बसोबास गरेकै कारण पानी जस्तो नैसर्गिक अधिकारबाट बञ्चित गरिएकाहरुको घर आँगनमा मेरै पहलमा उहाँहरुको घरका आँगनमा धारा जडान भएका हुन ।’
भणडरीले ती आम उपभोक्ताले आँफुलाई मतदान गर्ने आशा ब्यक्त गरे ।
भण्डारी अध्यक्ष निर्वाचित भएपछि बर्षौंदेखि करार सेवामा कार्यरत कार्यालयका कर्मचारीको तनाबपनि सदाका लागि अन्त्य गरि दिए । उनले त्यस्ता कर्मचारीलाई स्थायी गरिदिए । भण्डारीले कर्मचारीको सेवा र बृत्ती बिकासमा गरेको सहयोगका कारणपनि कर्मचारी उनको पक्षमा उभिएका छन् ।
त्यस्तै भण्डारीकै पालामा भएको अर्कौ महत्वपूर्ण कार्य झन्डै ५७ करोड लगानीमा भइ रहेको बबइको पानी लिफ्टिङ गरि तुलसीपुर ल्याउने योजना पनि हो । जुन काम यतिखेर धमाधम भइ रहेको छ । अध्यक्ष भण्डारीका अनुसार सुख्खा मौसममा ‘काकाकुल तुलसीपुर’लाई बबइको पानी तुलसीपुर ल्याउनका लागि भएको योजना उनकै कार्यकालमा कार्यान्वयमा आएको हो ।
अध्यक्ष पदका उम्मेदवार भण्डारीले हालसम्म बबइको पानी लिफ्टिङ गरि तुलसीपुर ल्याउनका लागि धमाधम काम भइ रहेको र त्यसको ७० प्रतिसत काम पुरा भइ सकेको हुँदा अब ३० प्रतिसत जति मात्रै काम पुरा हुन बाँकी रहेको बताए ।
आँफुले सुरु गरेको काकाकुल तुलसीपुरलाई भरपुर रुपमा शुद्ध पानी उपलब्ध गराउने आयोजना पुरा गर्नका लागि पनि फेरि आँफु दोहरिन उपभोक्ताहरुले नै आग्रह गरेको हुँदा आँफु दोस्रो कार्यकालका लागि उम्मेदवार बनेको अध्यक्ष भण्डारीले बताए ।
हालसम्म उक्त आयोजनाको लागि ७ वटा पानी ट्याङ्की निर्माण कार्य पुरा भइ सकेको छ । तुलसीपुर उपमहानगरपालिका – ७ मोतिपुर, तुलसीपुर – ६ को कवर्डहल नजिकैको इन्द्रनगर, तुलसीपुर – ६ को शिखर कोलनी, तुलसीपुर – ६ कै सन्त निरंकारी नजिकै, तुलसीपुर – १२ कचिला, तुलसीपुरको खर्चवा र खाने पानीको कार्यालय नजिकमा ट्याङ्की निर्माण कार्य पुरा भइ सकेका छन् ।
हाल तुलसीपुर – ६ को डुर्मीगाउँ र तुलसीपुरको पुरानो एसपी कार्यालय नजिकको ट्याङ्की निर्माणाधिन अवस्थामा छन् ।
बबइको पानी लिफ्टिङ गरि तुलसीपुर ल्याउने र काकाकुल तुलसीपुुरको प्यास मेटाउने उदेश्यका साथ बजार क्षेत्रमा पाइपलाइन बिच्छ्याउने कामपनि करिब अन्तिम चरणमा पुगेको छ । अबको एक बर्ष भित्रमा बबइको पानी तुलसीपुरमा वितरण गरि सक्नका लागि आँफुलाई फेरि अध्यक्षमा दोहरिन उपभोक्ताले नै करकाप गरेको अध्यक्ष भण्डारीले बताए ।
फेरि उपभोक्ताले आँफुलाई नै निर्वाचित गराउनेमा ढुक्क प्राय सुनिएका अध्यक्ष भण्डारीले यतिखेरपनि निर्वाचित भइ सकेपछि बर्षौं पहिले बिच्छाइएका तथा खिया लागेर जिर्ण भइ सकेका पुराना पाइपहरु सबै परिवर्तन गरि ढुक्कले आम सर्वसाधारण्को घर–घरमा शुद्ध पानी पुर्याउने प्रण गरे ।
‘ राम्री क्षेत्रमा झन्डै २९ बर्ष अघि बिच्छाइएका सिखाइ पाइपहरु खिया लागेर जिर्ण भएको अवस्था छ,’ उनले भने ‘ म निर्वाचित भएपछि ती खिया लागेका पाइपहरु परिवर्तन गरि आम सर्वसाधारणको घर आँगनमा शुद्ध पिउने पानी सर्वशुलभ रुपमा पुर्याउन लागि पर्ने छु ।’
त्यसको लागि आँफुले खानेपानी मन्त्रालय, खानेपानी बिभाग संग एक चरणमा कुरा गरि सकेको र निर्वाचित भएपछि थप पहल थाल्ने उनले बताए ।
‘ बषौं अघि बिच्छाएका पाइप खियाले जिर्ण भइ सकेको हुँदा ती सबै फेर्नका लागि झन्डै १५ करोड जति जेट आवश्यक पर्ने देखिएको छ,’ उनले भने ‘ त्यसको लागि मैले पहिले नै पहल गरेको छु र म निर्वाचित भएपछि त्यसका लागि थप पहलहरु गर्ने छु ।’
बबइको पानी तुलसीपुर ल्याउनका लागि पाइप लाइन विस्तार गर्ने क्रममा बिभिन्न ठाउँहरुमा सडकहरु खन्नु वा भत्काउनु परेको हुँदा त्यसरी भत्काइएको सडक निर्माण तथा मर्मत पनि आँफै खानेपानीले गर्ने उनले बताए ।
चैत २ गते हुन गइ रहेको निर्वाचनमा नेपाली काँग्रेस समर्थित लोकतान्त्रिक प्यानको तर्फ बाट फेरि अध्यक्ष पदमा उम्मेदवारी दिएका भण्डारीले ती सबै काम गर्नका लागि आँफु र आँफु नेतृत्वको सम्पूण टिमलाई मतदान गरि बिजयी गराउन उनले आग्रह गरेका थिए ।
खानेपानीको नेतृत्व चुन्नका लागि चैत २ गते बिहान साढे ७ बजेदेखि दिउँसो साढे ४ बजेसम्म तुलसीपुरको अरनिको मैदानमा मतदानको समय तोकिएको छ । मतदाताले नागरिकता वा राष्ट्रिय परिचय पत्र साथमा लैजानु पर्ने निर्वाचन समितिले जनाएको छ ।
त्यो निर्वाचनले तीन बर्षे कार्यकालका लागि ९ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने छ । यसपटक खानेपानीको नेतृत्व चुन्न १० हजार ९ सय ७० जना उपभोक्ताले मताधिकार पाएका छन ।
यो पनि हेर्नुहोस :- यमकान्त – घडी, मनोज – बाघ र सिताराम – फूटबल