२०८२ बैशाख ७ गते शनिवार

माधव गिरीले उम्मेदवारी फिर्ता लिदै भने – ‘यमकान्त भण्डारी नेतृत्वको टिमलाई बिजयी बनाउन सबै लागौं’

तुलसीपुर, फागुन २५ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको लागि खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका माधव गिरीले आइतबार बिहान आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।


यसअघि फागुन २१ ग्ते नेपाली काँग्रेस निकट गिरीले आफ्नो मनोनयन दर्ता गरेका थिए । आगामी चैत २ गते हुने निर्वाचनका लागि निर्वाचन समितिले फागुन २५ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो ।


गिरीले निर्वाचन समितिको कार्यालय खुल्नासाथ उम्मेदवारी फिर्ता लिएका हुन । काँग्रेस निकट गिरीले खुल्ला सदस्य पदमा दिएको उम्मेदवारी फिर्ता लिएपछि अब काँग्रेसले उम्मेदवारका रुपमा खडा गरेका खुल्ला सदस्य पदका उम्मेदवारलाई अन्यप्रतिष्पर्धिहरु संग प्रतिष्र्धा गर्न थप सहज हुने आशा गरिएको छ ।


‘ मैले यसअघि उम्मेदवारी दिएको भएपनि यमकान्त भण्डारी नेतृत्वको काँग्रेस समर्थित लोकतान्त्रिक प्यानलका उम्मेदवारहरुलाई बिजयी बनाउन आफ्नो उम्मेदवारी फिर्ता लिएको हुँ,’ माधव गिरीले भने ‘म सम्पूर्ण सचते उपभोक्ताहरुलाई यमकान्त भण्डारी नेतृत्वको टिमलाई अमूल्य मत दिइ बिजयी बनाउनका लागि भूमिका खेल्न आग्रह गर्दछु ।’


उम्मेदवारी फिर्ता लिएपछि गिरीले यमकान्त भण्डारी नेतृत्वको लहर छाइ सकेको भन्दै सम्पूर्ण टिमले सहजै जित्ने दाबी पनि गरे ।

फागुन २१ गते मनोनयन दर्ता गरेका गिरीलाई नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमाल लगाएतका नेताहरुले आग्रह गरेपछि उनले उम्मेदवारी पिर्ता लिएका हुन ।

गिरीले उम्मेदवारी फिर्ता लिएपछि सभापति हमालले खानेपानीमा अघिल्ला बर्षहरुमा फुट्ने काँग्रेसले यसपाली एक ढिक्का भएको र कम्यूनिष्टहरु आपसमा फुटेको हुँदा काँग्रेस समर्थित लोकतान्त्रिक प्यानलको नेतृत्व गर्ने यमकान्त भण्डारीको पुरै टिमले सहज रुपमा ‘क्लिन स्वीप’ गर्ने दाबी गरे ।


खानेपानी चुनाबमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले मिलेर उम्मेदवारी दिएका छन् भने नेकपा माओबादी केन्द्रको छुट्टै टिमपनि चुनाबी मैदानमा छ ।

निर्वाचन तालिका अनुसार २५ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय प्रदान गरिएको छ ।
त्यस्तनै उम्मेदवारको अन्तिम नामाबली प्रकाशस २६ गते बिहान ११ बजेसम्म तोकिएको छ भने सोही दिन दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारलाई चुनाब चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।

निर्वाचन चैत २ गते बिहान साढे ७ बजेदेखि दिउँसो साढे ४ बजेसम्म तुलसीपुरको अरनिको मैदानमा हुने छ । त्यो निर्वाचनले तीन बर्षे कार्यकालका लागि नौं सदस्य नयाँ कार्य समिति चयन गर्ने छ । यसपटक खानेपानीको नेतृत्व चुन्न दश हजार नौं सय ७० जना खानेपानीका उपभोक्ताले मताधिकार पाएका छन ।

यो पनि पढ्नुहोस :-यी हुन, तुलसीपुर खानेपानीमा काँग्रेसले मैदानमा उतारेका उम्मेदवारहरु

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *