तुलसीपुर , फागुन २१ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आगामी नेतृत्वका लागि नेपाली काँग्रेसले आफ्नो तर्फबाट उम्मेदवारी खडा गरेको छ । उनीहरुले बुधबार मनोनयन दर्ता गरि सकेका छन् ।
काँग्रेसले खानेपानीको अध्यक्ष पदमा फेरि वर्तमान अध्यक्ष यमकान्त भण्डारीसहितको प्यानल खडा गरेको छ । भण्डारीले आफ्नो पालामा सुरु गरेका अधुरा कामहरु पुरा गर्नका लागि एक पटक दोहरिन उपभोक्ता, पार्टीका नेता तथा शुभचिन्तकहरुको सल्लाह अनुसार उम्मेदवारी दिएको बताएका छन् ।
यमकान्त भण्डारी नेतृत्वको टिमको उपाध्यक्षमा नारायणप्रशाद शर्मा, सचिवमा रञ्जनकुमार गौतम र कोषाध्यक्षमा वर्तमान कोषाध्यक्ष भोला थापाले उम्मेदवारी दिएका छन् ।
त्यस्तै महिला सदस्यहरुमा काँग्रेसको तर्फबाट लुमा बुढा मगर, सुष्मा अधिकारी, शारदा सार्की र खुल्ला सदस्यहरुमा प्रमोदकुमार योगी (शरद) र बुद्धिराम चौधरीले उम्मेदवारी दिएका छन् ।
प्रमोदकुमार योगी (शरद) निर्माण ब्यबसायी पनि हुन । योगी दाङ जिल्ला निर्माण ब्यबसायी समितिका जिल्ला कार्यसमिति सदस्यपनि हुन ।
तुलसीपुर खानेपानीमा त्रिपक्षी भिडन्त हुने निश्चित भएको छ ।
आगामी नेतृत्वका लागि नेपाली कांग्रेसका, नेकपा एमाले र राप्रपाको संयुक्त प्यानल र नेकपा माओबादी केन्द्रको तर्फ बाट प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् ।