२०८२ बैशाख ७ गते शनिवार

गणित विषयका शिक्षका लागि प्रशिक्षण कार्यशाला सम्पन्न

दाङ,फागुन २२ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङकाे आयाेजनामा एकदिने गणित विषयका शिक्षका लागि प्रशिक्षण कार्यशाला सम्पन्न भएकाे छ ।

आज बिहीबार जिल्लाका घाेराही उपमहानगरपालिका वडा नम्बर १० स्थित हाेटल दाङ फन भ्यालीमा भएकाे कार्यक्रमका बिच एकदिने गणित प्रशिक्षण कार्यशाला सम्पन्न भएकाे हाे

प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपानेकाे अध्यक्षता तथा प्याब्सनका निवर्तमान केन्द्रीय सदस्य केशव थापाकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

कार्यक्रममा विषय विज्ञ डि. आर. सिम्खडाले प्रशिक्षण दिएका थिए । कक्षा १ देखि १० सम्मकाे गणित विषय शिक्षण तथा प्रश्न निर्माण सम्बन्धी प्रशिक्षण दिइएकाे थियाे ।

कार्यक्रममा रिडमाेर पब्लिकेसन्सले सहकार्य गरेकाे थियाे ।

प्याब्सन दाङका बरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्दले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।

प्याब्सन दाङका तालिम तथा अनुसन्धान विभागका संयाेजक चक्रबहादुर रावतले धन्यवाद मन्तव्य राखेका थिए भने सदस्य हरिप्रसाद पाैडेल र विष्णु हमालले कार्यक्रमकाे सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *