२०८२ बैशाख ७ गते शनिवार

तुलसीपुर महोत्सवको समय २ दिन थप,शनिबार यी कलाकार आउदैं


तुलसीपुर ,फागुन १७ । तुलसीपुरमा जारी महोत्सव दुई थप गरिएको छ । तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा फागुन १ गतेदेखि सञ्चालन भएको महोत्सव दुई दिन थप गरेको छ ।

महोत्सव १६ सकिने तालिका रहेपनि दर्शकहरुको माग बढेपछि थप गरीएको आयोजक संस्थाले जनाएको छ । तुलसीपुर महोत्सवले व्यवसाय प्रवर्द्धनसँगै सांस्कृतिक कार्यक्रममार्फत स्थानीय समुदायलाई मनोरञ्जन प्रदान गरिरहेको छ ।

महोत्सवमा कृषि, व्यापार तथा घरेलु उद्योगका सामग्रीहरूको प्रदर्शनी तथा बालबालिकाका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू पनि भइरहेको महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीले बताए ।

महोत्सवले कृषि, व्यापार तथा पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।

त्यस्तै महोत्सवका साँस्कृतिक संयोजक सन्तोष खड्काले लोकप्रिय तथा चर्चित कलाकारहरुको प्रस्तुतिले महोत्सवमा ठूलो संख्यामा दर्शकहरुको उपस्थिति हुने गरेको बताए ।

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *