२०८२ मङ्सिर १ गते सोमवार

नेपाली काँग्रेस तुलसीपुरको तेश्रो नगर सम्मेलन


तुलसीपुर,फागुन १६ । नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका नगर कार्यसमितिको तेस्रो नगर सम्मेलन सम्पन्न भएको छ ।

तुलसीपुर नगर सभापति सुरेश हमालको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीले काँग्रेसलाई जनस्तरबाटै बलियो बनाउन सवै लाग्नु पर्ने बताएका थिए ।

उनले नेता कार्यकर्ता सबैले आ -आफ्नो दायित्व वहन गदै वडा तथा गाउँ तहमा केन्द्रित हुनु पर्ने बताए ।

त्यस्तै विशिष्ट अतिथि जिल्ला सभापति शंकर प्रसाद डाँगीले सवै नेता कार्यकर्ता तथा जिम्मेवार व्यक्तिहरुले पार्टिलाई बलियो बनाउन भुमिका खेल्नु पर्ने भन्दै संगठनलाई चलायमान गराउन लाग्नु पर्ने बताए ।

नगर समेलनमा संविधान सभा सदस्य बुद्धिराम भण्डारी, काँग्रेसका नेता लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य शंकर गिरी,पुर्ब जिल्ला पार्टी सभापति घनश्याम रेग्मी कांग्रेस नेता महादेव शाह,नेता केशब आचार्य ,महाधिवेशन प्रतिनिधि सुस्मा गिरी,देवा डागि,क्षेत्र न ३ का सभापति जगत बहादुर खड्का खडका, काँग्रेसका नेता महाधिवेसन प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए ।

नेपाली कांग्रेस तुलसीपुर २ का सभापति भिम बहादुर वली, नेबिसंघका केन्द्रिय सदस्य आकाश भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कांग्रेस नगर उपसभापति विनिल केसीको स्वागत मन्तव्य वाट सुरु भएको नगर सम्मेलनमा सांगठनिक प्रतिवेदन कोषाध्यक्ष प्रितमकुमार श्रेष्ठले प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजिकरण नगर सचिव बिमल पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *