२०८२ बैशाख ७ गते शनिवार

परिवर्तन गाउँपालिकाले गर्यो खेलाडीलाई सम्मान

सुर्य प्रकाश बुढा मगर,रोल्पा,फागुन १५। रोल्पाको परिवर्तन गाउँपालिकाले महिला खेलाडीहरुलाई सम्मान गरेको छ ।

बिहीबार परिवर्तन गाउँपालिकाको सभाहल पुतलाचौरमा खाडा,अबिर र प्रमाणपत्रले सम्मान गरिएको हो ।

सनस्टार युवा क्लबले लिबाङ रोल्पाको १३औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको जिल्ला स्तरीय खुल्ला महिला भलिबल प्रतियोगितामा परिवर्तन गाउँपालिकाबाट सहभागी भइ बुधबार टुडिखेलमा भएको फाइनल खेलमा सुनिल स्मृति गाउँपालिकालाई पराजित गर्दै परिवर्तन गाउँपालिकाले सनस्टार कपको उपाधी जितेको हो ।

परिवर्तन गाउँपालिकाले सुनिल स्मृति गाउँपालिकालाई ३-० सेटले पराजित गरेको थियोे । परिवर्तन गाउँपालिकाले ५५ हजार रुपियाँ ट्रफी र मेडल हात परेको छ ।

सहभागी खेलाडीहरुलाई परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर,उपाध्यक्ष कलादेवी खत्रेनी,परिवर्तन गाउँपालिका प्रवक्ता तथा परिवर्तन गाउँपालिका-२ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगर लगायतले सम्मान गरेका हुन।

टिम कोच लोकचन्द्र डाँगी,टिम व्यवस्थापक गगन बुढा मगर खेलाडीहरुमा टिम क्याप्टेन तथा खेलाडी दिपा थापा,मिना वली,कविता सुनार,विमला विक,पूर्णकला खत्री,धनमाया नाथ,दिपा बुढा मगर,रेखा विक र रुचा डाँगीलाई सम्मान गरिएको छ।

परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगरले खेल हेर्नेलाई भन्दा पनि खेलको मैदानमा उत्रिनेलाई मात्र थाहा हुने बताउदै चुनौती र संघर्षले जित हासिल गरेकोमा खेलाडीहरुलाई बधाई तथा सम्मान समेत व्यक्त गरे ।

परिवर्तन गाउँपालिकाले अन्य स्थानीय तह भन्दा बढी खेलकुद क्षेत्रमा बजेट र लगानी गरिरहेको समेत जिकिर गरे ।

टिम कोच लोकचन्द्र डाँगीले खेल खेलाउन मैदानमा प्रवेश गरिसकेपछी कोचको पनि महत्त्वपूर्ण भुमिका हुने भएकोले आफूले कोच गर्दा परिवर्तन गाउँपालिकाले जित हासिल गर्न सफल भएको बताए।

टिम क्याप्टेन दिपा थापाले अन्य स्थानीय तहका खेलाडीहरुसँग कडा प्रतिस्पर्धाको बीचबाट परिवर्तन गाउँपालिकाको टिम उपाधि चुम्न सफल भएको बताए ।

परिवर्तन गाउँपालिकाले बेस्ट कोच लोकचन्द्र डाँगी, बेस्ट प्लेयर विमला विक, बेस्ट सेटर पूर्णकला खत्री र बेस्ट स्पाइकर मिना वली बनेका छन ।

परिवर्तन गाउँपालिकाले सनस्टार ट्रफी पालिकामा राखेको छ भने पुरस्कार ५५ हजार नगद सम्मान स्वरुप खेलाडीहरुलाई प्रदान गरेको छ ।

खेलाडीहरुलाई सम्मान कार्यक्रममा प्रदेश रेफ्री गोविन्द वली र नेपाल पत्रकार महासंघ रोल्पाका सदस्य सुर्य प्रकाश बुढा मगरको समेत सहभागी रहेकोे थियोे ।

सम्मान कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक घर्तीमगरले गरेका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *