२०८२ साउन १ गते बिहिवार

लुम्बिनी सरकारले फागुनमै निजामती सेवा ऐन कार्यान्वयनमा ल्याउँछ – मुख्यमन्त्री आचार्य

देउखुरी , फागुन१३ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय निजामती सेवा ऐन फागुन भित्रै कार्यान्वयनमा लैजाने बताएका छन् ।

मंगलबार नेपाल निजामती कर्मचारी संगठनका केन्द्र र प्रदेशका नवनिर्वाचित पदाधिकारी तथा प्रतिनिधिसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले नियमावली निर्माणको काम जारी रहेको भन्दै त्यो फागुन महिनाभित्रै नियमावली तयार गरी कार्यान्वयनमा ल्याउने बताएका हुन ।

त्यो कार्यान्वयनमा आएपछि स्थानीय तहमा रहेका कर्मचारीको वृत्तिविकास तथा व्यवस्थापनमा सहजता हुने उनले आशा ब्क्त गरे । मुख्यमन्त्री आचार्यले जनशक्ति अभाव समाधान गर्न प्रदेश सरकारको ऐनले मार्ग प्रशस्त गरेको बताएका थिए ।

त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले सरकारका योजनालाई सफल बनाउने मेरुदण्ड कर्मचारी प्रशासन भएको हुँदा स्थानीय निजामती सेवा ऐन कार्यान्वयनमा आए त्यसमा थप सहजता थपिने आशा ब्यक्त गरे ।


नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष भवानी दाहालले ट्रेड युनियन अधिकारसहितको प्रणाली लागू हुनुपर्नेमा जोड दिएका थिए ।


सेवाग्राही र कर्मचारीमैत्री अधिकार सुनिश्चित गर्न संगठनले निरन्तर आवाज उठाउँदै आएको भन्दै उनले ‘पाँचौं तहबाट अधिकृत पदमा बढुवा हुने प्रक्रियामा त्रुटी रहेको औंल्याएका थिए ।


सार्वजनिक प्रशासन सुधार गर्न निजामती सेवा ऐन सबैको ऐन बन्न आवश्यक रहेको भन्दै उनले अब ट्रेड युनियन अधिकारसहितको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका थिए ।

निजामती कर्मचारी संगठन लुम्बिनीका अध्यक्ष नेत्रप्रसाद आचार्यले कर्मचारीको वृत्तिविकास र अधिकार संरक्षणका लागि प्रदेश निजामती सेवा ऐनले महत्वपूर्ण व्यवस्था गरेको बताएका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *