
दाङ,असार १२ । घोराहीबाट अफिमसहित दुई युवा पक्राउ परेका छन् । रोल्पाको माडी गाउँपालिका वडा नं. २ घर भइ हाल दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ पुरानो बसपार्क बस्दै आएका ३० बर्षीय नरेश बुढा र घोराही वडा नं. ११ निवासी २१ बर्षीय शुकलाल विकलाई अफिमसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरु बाट २ किलो ५ सय ग्राम लागु औषध अफिम बरामद भएको जिल्ला प्रहरी प्रबक्ता एवं डिएसपी विनोद विक्रम शाहले बताए ।
घोराहीको बस पार्क क्षेत्रमा लागु औषधसहित दुई युवा हिडिरहेको भन्ने गोप्य सूचनाको आधारमा ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङको विषेश व्यूरो र जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरीले उनीहरुलाई विहीवार विहान १ बजेतिर पक्राउ गरेको थियो । पक्राउ परेकाहरु विरुद्ध आगु औषध नियन्त्रण ऐन अन्तरगत मुद्दा दायर गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
