२०८१ चैत्र १२ गते मङ्गलवार

देश र लोकतन्त्रको रक्षाको लागि काँग्रेस एमालेले मिलेर सरकार बनायौं : प्रधानमन्त्री ओली


दाङ,फागुन ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र लोकतन्त्रको रक्षाको लागि नेपाली काँग्रेस र नेकपा एमाले सहित दलहरु मिलेर सरकार बनाएको बताएका छन ।

सोमबार नेकपा एमाले दाङले जिल्ला विकास समन्वय समितिको सहिद मञ्चमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले देशको विकासलाई स्थायित्व र लोकतन्त्रको रक्षाको लागि देशको मुख्य दुइ शक्ती सहित साना दलहरु मिलेर सरकार बनाएको स्पष्ट पारे । उनले यो सरकार कसेलै भन्दैमा नढल्ने ठोकुवा समेत गरे ।

‘यो सरकार २०८४ सम्म रहन्छ, कसैले भन्दैमा ढल्दैन, प्रधानमन्त्री ओलीले भने -हामीसंग स्पष्ट बहुमत छ, त्यसकारण सरकार ढल्दैन र २०८४ सम्म काँग्रेस एमालेको नेतृत्वमा सरकार निरन्तरता पाउने छ ।’

उनले दुइ दलहरुको उच्च समदारी अनुसार अहिले आफुले सरकारको नेतृत्व गरिरहेको बताए ।

आफ्नो नेतृत्वमा सरकार बनेपछि देश समृद्ध तर्फ गएको प्रधानमन्त्री ओलीले दाबी थियो । देशलाई बदल्ने शक्ती एमाले बाहेक कसैमा नभएको भन्दै दाङ को समग्र विकासको लागि आफु गम्भिर रहेको बताए ।

देशको समग्र विकास, उन्नतिसंगै दाङको विकासालई विशेष ध्यानमा राखिएको बताए ।

अहिले मदनभण्डारी राजमार्ग योजना अनुसार दाङको घोराही तुलसीपुर सडकको चार लेन्डलाई अगाडि बढाएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

त्यस्तै दाङ उपत्याका र देउखुरी उपत्यकालाई जोडन्को लागि सुरुङ मार्ग बनाउने आफ्नो दिर्घकालिन योजना रहेको बताए । आगामी आर्थिक वर्षमा त्यसतर्फ ध्यान दिएर बजेट विनियोजन गर्ने समेत बताए । त्यस्तै उनले दाङको कृर्षियोग्य जमिनमा सिचाइ विशेष ध्यान दिने बताए ।

हिजोका दिनमा दाङ विकासले पछाडि परेपनि अब दाङ ले विकासकोे गति लिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *