
फाइल तस्बिर
दाङ, असार ११ । सल्यानको कुपिण्डे दहमा डुबे बेपत्ता भएका स्थानीय एक युवाको खोजी गर्न गोताखोर मागिएको छ ।
स्थानीय वनगाड कुपिण्डे नगरपालिका वडा नं. ८ निवासी अन्दाजी ३६ बर्षीय गोकुल बुढा सोमवार बेलुका पौडीखेल्ने क्रममा डुवेर बेपत्ता भएका छन् ।
दुईदिन सम्म खोज्दापनि बुढालाई फेला पार्न नसकेपछि उनको खोजी गर्नको लागि गोताखोर मागिएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख विरेन्द्रबहादुर शाहीले बुढाको खोजिको लागि केन्द्रमा पत्रचार गरेर गोताखोर मागिएको जानकारी दिएका छन् । बुढा सोमवार बेलुका गर्मी छल्न भन्दै साथीहरु संगै नुहाउन भनि तालमा पसेका थिए ।
ताल ६९ मिटर सम्म गहिरो छ । यो ताल सरकारले घोषणा गरेको १०० पर्यटकिय गन्तव्य मध्यको एक हो ।
प्रकाशित मिति : २०७६ असार ११ गते बुधवार
