२०८२ मङ्सिर २४ गते बुधवार

जसलाई विरामीले अभिनन्दन गरे…


खेमराज रिजाल,
विजौरी, ११ असार । उनलाई अकस्मात अस्पतालको विरामी प्रतिक्षालयमा बोलाइयो । बुधवार साढे १ बजे केहि सन्चारकर्मिहरुमाझ । उनलाई प्रतिक्षालयमा बोलाइंदा केहि वेर अकमक परे । तर जव उनलाइ खादा, अविर र मायाको चिनोले एक जना विरामिले अभिनन्दन सुरु गरे । त्यसपछि भने सम्मानले डा. ठाकुर भावुक बने । यो परिदृश्य थियो, प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीको हो ।

पचास भन्दा बढी विरामीहरुको प्रतिनिधित्व गर्दै बुधवार आयुर्वेद प्रादेशिक चिकित्सालय विजौरीका निमित्त निर्देशक रामकामेश्वर ठाकुरलाइ तुलसीपुरका अटो व्यवसायी यमप्रसाद भुषालले सम्मान गरेका हुन् । भुसाल विजौरीको सोही अस्पतालमा करिव एकसाता भन्दा बढी भर्ना भएर उपचार गराएका थिए । आयुर्वेद चिकित्सामा पुरानो विश्वास स्थापित गर्न डा. ठाकुरले महत्वपूर्ण भूमिका खेलेको भुसाले त्यसक्रममा बताए ।

‘निमिक्त निर्देशक डा.ठाकुरको पेषागत प्रतिवद्धता एवंं प्रशासनिक दक्षता दुवैले मलाई प्रभावित बनाएको छ, जसले जिल्लामा फेरि पनि आयुर्वेद स्वास्थ्य सेवाका विभिन्न विधालाई पुर्नस्थापित बनाउन सकिन्छ भन्ने सन्देश प्रवाह भएको छ’, भुसालले भने, ‘यो मेरो मात्र सम्मान नभएर संपुर्ण विरामीहरुका तर्फबाट सम्मान हो ।’

सम्मान तथा अभिनन्दन ग्रहण गर्दै डा ठाकुरले यो सम्मानलाई आफुले शव्दमा व्यक्त गर्न नसक्ने छोटो अभिव्यक्ति दिए । ‘यो सम्मानले म अलिक भावुक भएको छु, यसका पछाडि अस्पतालका संपुर्ण चिकित्सक कर्मचारीहरुको निरन्तर साथ र सहयोग पनि छिपेको छ’, निमिक्त निर्देशक ठाकुरले भने । अस्पतालमा भर्ना हुन आएका विरामी डिस्चार्ज हुंदा एउटा मिठो मुस्कान लिएर वाहिरिंदा आफुलाई सवैभन्दा खुसी अनुभुति हुने डा. ठाकुरले बताए । ‘ जव एउटा विरामी रोग निको भएर मुस्कुराउंदै वाहिरिन्छ त्यो देखेर म धेरै खुसी हुन्छ,’ डा. ठाकुरले भने ।

उपचार पछि निको भएका विरामीको सम्मानले आफु र आफ्नो टिमलाई थप सक्रिय तथा इमान्दारिता पूर्वक काम गर्न थप उर्जा दिएको निर्देशक ठाकुरले बताए ।

डा. ठाकुर आउनु भन्दा पहिले सम्म यो अस्पतालमा विरामी मुस्किलले मात्रै जाने गर्दथे । तर आज यो अस्पतालमा दैनिक ५० भन्दा बढि विरामीहरु नियमित स्वास्थ्य परीक्षणका लागि आउने गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
पछिल्लो समयमा विजौरी अस्पतालमा पायल्स, फिस्टुला, फिसर लगायतका विरामीहरुको सफल उपचार हुन थालेपछि यहाँ विरामीको आकर्षण बढेको हो । अस्पतालमा डा. ठाकुरको टिमले क्षार सुत्रबाट पायल्स र फिस्टुलाको शल्यक्रिया गर्दैै आएको छ ।
यहाँ उपचार गराउँदा नीजि अस्पताल भन्दा धेरै सस्तो पर्न जान्छ । अस्पतालमा २ हजार रुपंैयामा पायल्सको सल्यक्रिया हुँदै आएको छ । जवकी त्यही शल्यक्रिया गर्न निजी अस्पतालमा कम्तिमा पनि २० हजार जति लाग्ने गर्छ ।

त्यसैगरी आयुर्वेद चिकित्सा संगै प्राकृतिक उपचार सेवा र योग विज्ञान शिविर समेत विजौरी अस्पतालमा निशुल्क रुपमा सञ्चालन हुँदै आएको छ । पञ्चकर्म पद्धतिले पनि एक खालका विरामीहरुलाई अस्पतालले तानेको छ । पछिल्लो समयमा प्रदेश सरकारले अस्पतालहातामा आधुनिक योग भवन निर्माणका लागि आवस्यक बजेट समेत विनियोजन गरेको छ ।

भौतिक पुर्वाधार निर्माणमा पनि पछिल्लो टिमले आशातित प्रगति गरेको अस्पताल विकाश समितिका पूर्व अध्यक्ष भैरव मज्गैंयाले बताए ।

प्रकाशित मिति : २०७६ असार ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *