२०८१ चैत्र १२ गते मङ्गलवार

आइडियल बोर्डिङ स्कुलको २५ औं बाषिक उत्सब सम्पन्न


तुलसीपुर,माघ २५ । आइडियल बोर्डिङ स्कुलको २५ औं बाषिक उत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ ।

विद्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरि उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यालयका प्रन्सिपल रेघु केसीको अध्यक्षतामा भएको कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल,तुलसीपुर उपमहानगरपालिकाका सामाजिक बिकास समितिका संयोजक मानबहादुर रावतले शैक्षिक उन्नयनमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै विद्यालयको चर्चा गरे ।

विद्यार्थी प्रिति गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयकी शिक्षिका सलिना रावलले गरेकी थिइन ।

कार्यक्रममा विद्यालयका शिक्षक,शिक्षिका ,कर्मचारी लाई बर्ष उत्कृष्ट अवार्डले सम्मान गरिएको थियो ।

त्यस अबसरमा विद्यार्थीहरुले संस्कृति झल्कने नृत्य,फेसन सो प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *