२०८१ चैत्र १२ गते मङ्गलवार

राष्ट्रियसभा बैठकमा दुई वटा विद्येयक पेश

काठमाडौं ,माघ २४ । राष्ट्रियसभा बैठकमा दुई वटा विधेयकहरु प्रस्तुत भएका छन् ।

बिहीबार बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) ऐन, २०८० पेस गरे ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ प्रस्तुत गरेका हुन् ।

राष्ट्रियसभाको अर्को बैठक आइतबार बोलाइएको छ ।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *