२०८१ माघ २६ गते शनिवार

सरस्वती माध्यमिक विद्यालय काठेकोलमा अक्षयकोष स्थापना


दाङ, माघ २३ । दाङको घोराही उपहानगरपालिका वडा नं १५ सरस्वती टोल काठेकोल निवासी बमबहादुर डाँगी र पूर्णिमा डाँगीले सरस्वती माध्यमिक विद्यालय भरतपुरमा अक्षयकोष स्थापना गरेका छ्न ।

बमहादुर डाँगीका पूज्यनिय पिता स्वर्गीय कमानबहादुर डाँगी र आमा भक्तकुमारी डागीको सम्झनामा “बम—पूर्णिमा” अक्षयकोष स्थापना गरिएको छ ।

५१ हजार रुपैयाको उक्त अक्षयकोषबाट आउने ब्याजको ६० प्रतिशत एसईई परीक्षामा अग्रेजी बिषयमा सवैभन्दा बढी अंक ल्याउनेलाई र अग्रेजी बिषयमै दोस्रो नम्वर ल्याउनेलाई ४० प्रतिशत ब्याजको रकमबाट पुरस्कार दिने गरी अक्षयकोष स्थापना गरिएको बमबहादुरका छोरा गोवद्र्धन डाँगीले जानकारी दिए ।

विद्यालयमा आज बुधवार एक कार्यक्रमको आयोजना गरी अक्षयकोषको रकम विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेललाई हस्तान्तरण गरिएको थियो । 

विद्यालयमा प्राप्त अक्षयकोषको रकमलाई ब्यवस्थित गरी आगामी बर्षदेखि नै पुरस्कार दिन शुरु गरिने विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश डाँगीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *