सन्ताेष केसी,तुलसीपुर, माघ २१ । ज्ञान ज्योति फाउन्डेसन द्वारा सञ्चालित अमृत एकेडेमी तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ ले सोमबार एक कार्यक्रमका विच विद्याकि देवि सरस्वती पुजाकाे अवसर पारेर विद्यालयले १७ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ ।
ज्ञान ज्योति फाउन्डेसनका संस्थापक अध्यक्ष टीका बहादुर जिसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ का अध्यक्ष प्रेमनाथ याेगिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि योगिले विद्यालयले यस क्षेत्रमा शिक्षाको माध्यमबाट खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताए ।
विद्यालयले आउने दिनहरूमा शिक्षा सँगसँगै विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान र सृजनशील बनाउन भूमिका खेल्ने आग्रह गरे ।
१७ औ वर्षसम्म आइपुग्दा विद्यालयले खेलेको भूमिकाको प्रशंसा गर्दै आउने दिनमा विद्यार्थीहरूको मनोभावना बुझेर शिक्षा प्रदान गर्न आग्रह गरे ।
विद्यालयका प्रिन्सिपल लिलाधर सेजुवाल ( प्रताप)ले विद्यालयले गरेका क्रियाकलाप र विद्यालयको भावी योजनाको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा शिक्षिका तारा श्रेष्ठ, शिक्षक नारायण रेग्मी, कक्षा ९ कि छात्रा श्रीष्मा थापा, कक्षा १० का छात्र गणेश केसी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
विद्यालयका भाइस प्रिन्सिपल नारायण अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक भीमप्रसाद सुवेदीले गरेका थिए ।