२०८२ कार्तिक २९ गते शनिवार

पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप निकै सुरक्षित छ, ढुक्कले लगाउनुहोस – सरकोरवाला

तुलसीपुर, माघ २० । किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप ढुक्कले लगाउन सरोकारवालाहरुले बताएका छन् ।


माघ २२ गतेदेखि फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई ‘ह्युमन पापिलोमा भाइरस’ –एचपिभी) खोप लगाउने सबै तयारी पुरा भएको हुँदा ढुक्कले खोप लगाउन आग्रह गरिएको छ ।

तुलसीपुर उपमहानगरको स्वास्थ्य शाखाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर टीकाराम खड्काले समाजबाट मुखको पाठेघरको क्यान्सरलाई भगाउनका लागि लक्षित किशोरी सबैले अनिवार्य रुपमा महत्व दिएर खोप लगाउन आग्रह गरे ।


बालरोग विषेशज्ञ डा. किशोर खत्रीले राज्यले निशुल्क रुपमा लगाउन थालेको खोप निकै महंगो भएको हुँदा किशोरीका लागि यो ठूलो अवशर भएको बताए । खोप निकै सुरक्षित र भरपर्दौ रहेको भन्दै उनले ढुक्कका साथ खोप लगाउने अबशरबाट कोहीपनि बञ्चित नहुन आग्रह गरेका थिए ।


उनले अहिलेको अवस्थामा नेपालमा सबै भन्दा बढी महिलाको मृत्यु पाठेघरको क्यान्सरबाट हुने गरेको भन्दै त्यो बाट जोगिन खोप निकै उपयोगी रहेको बताए ।


जिल्ला स्वास्थ्यका भानुज्योति वलीले विश्व क्यान्सर दिवसको अवशर पारी माघ २२देखि फागुन ६ गतेसम्म लगाउन थालिएको पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप एकदमै उपयोगी भएको हुँदा लक्षित सबैले लगाउन सुझाए ।

उनले केहीलाई सामान्ने समस्याहरु देखिएपनि त्यो आँफै सञ्चोहुने हुँदा त्यसवाट स्वास्थ्यमा कुनैपनि असर नरहने बताएका थिए ।


तुलसीपुरकी उपमेयर श्यानी चौधरीले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन राज्यले दिन थालेको खोप एउटा महत्वपूर्ण अबशरको रुपमा लिन आग्रह गरिन ।

तुलसीपुर – ६ का पूर्व अध्यक्ष तथा बालअधिकारकर्मी नवराज लामिछानेले निरोगी भइ बाँच्न पाउने किशोरीको अधिकार संग जोडिएको खोपलाई महत्व दिएर लक्षित किशोरीले लगाउन आग्रह गरे ।


तुलसीपुर स्वास्थ्यका प्रमुख ओमप्रकाश न्यौंपाने खोपको सम्पूर्ण तयारी पुरा भइ सकेको बताए । आगामी बर्षदेखि यो खोपलाई राज्यले अनिवार्य खोपका रुपमा लगाउने नीति लिएको हुँदा लक्षित वर्गले आगामी बर्षदेखि फेरि खोप लगाउनु पाउने हुँदा अहिले आँफुले नपाएको भएपनि अर्कौ बर्ष पालो आउने बताएका थिए ।

तुलसीपुर स्वास्थ्यका बिमल केसीले तुलसीपुरका एक सय बिद्यालयमा एक सय खोप केन्द्र स्थापना गरिएको, खोप लगाउन एक सय २२ जना स्वास्थ्यकर्मी खटाइएको बताए ।

तुलसीपुरमा विद्यालयमा कक्षा ६ देखि १० मा अध्यन गर्ने छात्राको अनुमानित संख्या दश हजार तीन सय २७ र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका इट्टाभट्टामा समेत काम गर्ने किशोरीसहित गरि कुल ११३३९ जनालाई खोप लगाउने लक्ष्य राखिएको जानकारी दिए ।

यो पनि हेर्नुहोस :- दाङमा ३९ हजार बढी बालिकालाई पाठेघरको मुखको क्यान्सरविरूद्ध खोप लगाउने लक्ष्य

प्रकाशित मिति : २०८१ माघ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *