२०८२ मङ्सिर २४ गते बुधवार

तुलसीपुर उपमहानगरमा एक अर्ब ७१ करोड बढीको बजेट


तुलसीपुर, १० असार ।
आगामी आर्थिक वर्षका लागि तुलसीपुर उपमहानगरपालिकाले एक अर्ब ७१ करोड ८८ लाख ६ हजारको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख माया आचार्यले आगामी आर्थिक वर्षका लागि पुँजीगत तर्फको १ अर्ब ३० करोड २८ लाख र चालुतर्फको ३४ करोड ६० लाख बजेट बजेट सार्वजनिक गरेकी छन् ।

उपमहानगरपालिकाले आगामी बजेटमा सडक, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका पूर्वाधारलाई प्राथमिकता दिएको छ । आगामी आर्थिक वर्षका लागि सडकको पूर्वाधार विकासका लागि १९ करोड बजेट बिनियोजन गरिएको छ । उपप्रमुख आचार्यले उपमहानगरमा आगामी आर्थिक वर्षका लागि खरको छानो विस्थापन गर्न लागि १ करोड बिनियोति बजेट प्रस्तुत गरेकी छन् ।

उपप्रमुख आचार्यले आर्थिक वर्ष २०७६÷७७ का जारी गरेको बजेटमा तुलसीपुरको विमानस्थल पूर्वाधार विकास तथा समन्वय गर्नका लागि १० लाख, उज्यालो तुलसीपुर अभियानअन्तर्गत बजार क्षेत्रमा वैकल्पीक उर्जा प्रदान गर्नका लागि ५० लाख बजेट विनियोजन गरिएको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षबाट मेयर कृषि पशु विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न लागि मेयर कृषि तथा पशु विकास कार्यक्रममका लागि ५० लाख बजेट विनियोजन गरिएको छ भने बाह्रै महिना खेती गर्नका लागि डिप बोरिङ सञ्चालन गर्न तथा सिंचाई प्रविधिको जडानका लागि १ करोड बजेट बिनियोजन गरिएको छ । शिक्षा सुधार कार्ययोजना निर्माणका लागि २५ लाख, ८४ वर्ष माथिका जेष्ठ नागरिकलाई भ्रमण यात्राका लागि १५ लाख बजेट विनियोजन गरेकोे छ ।

त्यस्तै उज्यालो संसार अभियानअन्तर्गत मोतियाविन्दु भएका बिरामीको निःशुल्क उपचारको लागि १० लाख, पोषण सचेतनाका लागि १० लाख, पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चाालन गर्न गुरुयोजना कार्यान्वयनका लागि १० लाखलगायतका क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति : २०७६ असार १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *