२०८१ फाल्गुन ७ गते बुधवार

माओबादी तुलसीपुरको अध्यक्षमा थापालाई ३ गुणा बढी मत

तुलसीपुर, माघ १७ । नेकपा (माओवादी केन्द्र) तुलसीपुरले पहिलो पटक लोकतान्त्रिक बिधिबाट नेतृत्व चयन गरेको छ ।

बिहीबार नेतृत्व चुन्न भएको मतदानबाट यसअघिका अध्यक्ष मोहन थापा पुनः सोही पदमा निर्वाचित भएका हुन । थापाले ३७ मत प्राप्त गरि बिजयी भए ।

थापा निकटतम प्रतिष्पर्धी भन्दा तीन गुणा बढी मत प्राप्त गरि बिजयी भएका हुन ।

उनका निकटतम प्रतिष्पर्धी तुलाराम भण्डारी (बारुद) ले जम्मा १२ मत मात्रै प्राप्त गरेका थिए । अन्य प्रतिष्पर्धीहरु घनश्याम डाँगीले ७ र विष्णु चौधरीले जम्मा ५ मत मात्रै प्राप्त गर्न सके । भण्डारी यसअघि नगर कमिटी उपाध्यक्ष थिए ।

त्यस्तै डाँगी सचिबालय सदस्य र चौधरी जिल्ला समन्वय कमिटी सदस्य थिए । नेतृत्व चुन्न बुधबार मात्रै निर्वाचित नगर कमिटीका ६३ सदस्यले मताधिकार पाएका थिए । ती मध्य ६२ मत खसेको थियो । खसेका मध्य कुनैपनि मत बदर भएनन् ।

उम्मेदवारी दर्ता गरेपनि अन्तिममा आएर सहमति जुटेपटि नगर कमिटी उपाध्यक्ष पदमा सर्वसम्मत भयो । उपाध्यक्षमा भिम चौधरी, अमर नेपाली ‘माइकल’ र इश्वरादेवी रोका सर्वसम्मत चयन भएका हुन ।

यसअघि पनि चौधरी र नेपाली उपाध्यक्ष नै थिए । रोका भने यो भन्दा पहिला कोषाध्यक्ष थिइन ।

एकल उम्मेदवारी परेको हुँदा यसअघिका सचिव शसिकिरण ढकाल फेरि पनि निर्विरोध सचिब भएका छन् भने एकल उम्मेदवारी परेका कारण बालिका बुढाथोकीपनि कोषाध्यक्षमा निर्विरोध भएकी हुन । बुढाथोकी यस अघि नगर कमिटी सदस्य थिइन ।
सहमति नजुटेपटि सहसचिब पदमा पनि मतदान भयो । मतदान बाट प्रकाश वली ३२ मत प्राप्त गरि निर्वाचित भए । उनका प्रतिष्पर्धी मदन हमालले २७ मत प्राप्त गरेका थिए ।

सहसचिवमा निर्वाचित वली यसअघि नगर सचिबालय सदस्य थिए । पराजित हमाल तुलसीपुर – ९ को नगर कमिटी अध्यक्ष थिए ।

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *