तुलसीपुर, माघ १७ । गुरुकुल एकेडमी तुलसीपुरले बिहीबार आफ्नो प्रथम बार्षिक उत्सब मनाएको छ ।
बार्षिक उत्सवकका क्रममा बिद्यार्थीले बिभिन्न सांस्कृतिक प्रस्तुती राखेका थिए । नाटक पर्दशन गरिएको थियो । साथमा बिज्ञान सम्बन्धि विभिन्न पर्दशनीपनि गरिएको थिए ।
एकेडमीका प्रिन्सिपल मुकुन्द गिरीले आउने शैक्षिक सत्रदेखि कक्षा ९ का लागि भर्ना सुरु भएको जानकारी दिएका थिए ।
घोराहीमा मुख्य शाखा रहेको गुरुकुलले पछिल्लो समय तुलसीपुर र लमहीमा पनि शाखाहरु स्थापना गरेको छ ।
गुरुकुल जिल्लाकै सबै भन्दा महंगो स्कुल मानिन्छ ।
प्रकाशित मिति : २०८१ माघ १७ गते बिहिवार