२०८१ फाल्गुन ७ गते बुधवार

तुलसीपुर वाणिज्य संघको टोलीलाई अध्यक्ष प्रचण्डले भने – अब टरिगाँउ एयरपोर्टको विस्तार कसैले रोकेरपनि रोकिदैन

तुलसीपुर, माघ ११ । नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाङको टरिगाँउ ऐपोर्टको स्तरबृद्धि गर्न आफुले पहल गर्ने बताएका छन् ।

शुक्रबार बिहान तुलसीपुर उद्योग बाणिज्य संघले आयोजना गरको भेटघाटका क्रममा अध्यक्ष प्रचण्डले यसअघि राजनीतिक खिचातानिका कारण रोकिएको दाङ ऐयपोर्टको बिस्तारमा अब आँफुले पहल गर्ने आवश्वासन बाँडेका हुन ।


तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विनिल केसी नेतृत्वको टिमले दाङको संबृद्धिका लागि एयरपोर्टको स्तरबृद्धि अति नै आवश्यक रहेको भन्दै ध्यानाकर्षण गराउँदा माओबादी
अध्यक्ष प्रचण्डले बिकासका सन्दर्भमा अहिले राजनीतिक दलहरुको एजेण्डा मिल्दै गएको भान हुन थालेको भन्दै दाङ ऐयरपोर्टको बिकास र बिस्तार अब कसैले रोकेर नरोकिने बताएका थिए ।


‘ दाङको पोलिटिक्समा केही बिचार प्रबृतिका साथीहरुका कारण यो एयरपोर्ट तुलसीपुरमा बनाउनु भन्दा अन्त बनाउन पाए हुन्थ्यो भन्ने चाहानाको राजनीतिले पनि यो डिले भइ राख्या हो,’ प्रचण्डले भने ‘ प्राबिधिकपनि केही कारण छन् तर मेन कारण राजनीति थियो । तर, अब चाँही विस्तारै टरिगाँउ एयरपोर्टका बारेमा राजनीतिक तहमा एक रुपता हुँदैछ । तुलसीपुरै ठिकै हो त्यो चलिसकेको पनि हो र स्थापित एयरपोर्टपनि हो भन्ने साझा धारणा बनेको छ ।’

बाणिज्य संघका अध्यक्ष केसीले माओबादी अध्यक्ष प्रचण्डलाई मात्रै शुक्रबारसहित एयरपोर्टको बिषयलाई लिएर ६ पटक ध्यानाकर्षण गराउँदापनि एयरपोर्ट नबनेको बिषय स्मरण गराएका थिए ।

अध्यक्ष केसीले बाणिज्य संघले बिगतदेखि नै संस्थागत रुपमा एयरपोर्ट बनाउने एउटै माग बिगतदेखि नै राख्दै आएको भएपनि एयरपोर्ट नबन्दा दाङ पछाडि परेको अध्यक्ष प्रचण्डका सामु राखेका थिए ।


‘कनेक्टिभिटीका हिसावले दाङ एयरपोर्ट नबन्दासम्म दाङ र तुलसीपुरको बिकास संभव छैन भन्ने हाम्रो बुझाइ हो ,’ अध्यक्ष केसीले भनेका थिए ‘ जबसम्म दाङको एयरपोर्ट चल्दैन वा धावन मार्ग विस्तार हुँदैन तबसम्म दाङको विकास हुँदैन भन्ने निजी क्षेत्रको बुझाइ छ ।’ त्यही भएर तुलसीपुर उद्योग बाणिज्य संघ फेरि एक सुत्रिय माग राखेर फेरि ध्यानाकर्षण गराउन चाहेको अध्यक्ष केसीले बताएका थिए ।


बाणिज्य संघका अध्यक्षले राखेको कुरा सुनेपछि माओबादी अध्यक्ष प्रचण्डले बिगतमा आँफु नेतृत्वको सरकारले टरिगाँउ एयरपोर्ट विकास र विस्ताको लागि नीतिगत रुपमा निर्णय गरि काम गर्न खोजेको भएपनि विभिन्न कारणले सफल नभएपनि अब त्यसका लागि आँफुले पहल गर्ने आश्वासन बाँडेका थिए ।

यद्यपी टरिगाँउ एयरपोर्ट विस्तारको आश्वासन बिगतदेखि नै बिभिन्न पार्टीका शिर्ष नेताहरुले दिदै आएको भएपनि हालसम्म त्यसले मूर्त रुप पाउन सकेको छैन । जस्ले गर्दा दाङको विकास र संबृद्धि ओझेलमा पर्दै आएको सरोकारवालहरुले चिन्ता जाहेर गर्दै आएका छन् ।


राजनीतिक खपत र सस्तो लोकप्रियताका लागि जिल्लामा आउने हरेक दलका शिर्ष नेताहरुले टरिगाँउ एरपोर्ट बनाउने आश्वासन दिने गरेपनि काम हुनेमा कतिपय ब्यबसायीले शंका ब्यक्त गर्छन ।

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *